News Portal

बसन्त थापाको संगीतमा एक तीज गीत गाएपछी गायिका गीता सेन्चुरीले मागिन क्षमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
१७२० पटक

राजु बोहरा–काठमाडौँ । नेपाली तीज गीतहरुमा पुरुष हाबी भएको भन्दै एक गीत भर्खरै सार्बजनिक भएको छ । हुन पनि पहिले-पहिले तीज गीतहरुमा मात्र महिला आवाज सुनिन्थ्यो तर पछी आएर पुरुष हाबी भए पछी आफ्नै कला संस्कृति र मौलिकता बोकेको तीज गीत यस्तै हो भनेर बिस्वाश गर्नु पर्ने आजको बध्यता भएको छ ।

पछिल्लो समय तीजका गितहरु बजारमा ल्याउने प्रतिस्पर्धा नै चलिरहेको छ । यस समयमा कसरी हुन्छ आफ्ना संगीत पारखीहरुलाई पृथक स्वाद दिने हरेक कलाकारहरुको चाहना हुन्छ । सोझो तरिकाले बुझ्ने हो भने यस गीतबाट पनि आफ्नो पृथक प्रस्तुतिको साथमा अशंख्य श्रोता एवम् दर्शकहरुको मन जित्ने बहानाको रुपमा गायिका गीता सेन्चुरीले यस गीतलाई बजारमा ल्याएकी हुन्ए कि भन्ने लाग्न सक्दछ । तर गहिरिएर बुझ्ने हो भने प्रस्तुत गीतले बिकृति र विसंगतिको बिरुद्ध आवाज उठाएको छ ।

’तीजका गित नारीले गाउ भन्थे बुढापाकाले, छोरा मान्छे गायक भए तीजका भाकाले,, गाली हैन गुनासो हो सबले मनमा लिनु है , मैले बढी बोल्या भए क्षमा दिनु’ दिने है भन्दै गीतकै माध्यम बाट गायिका गीताले यदि आफुले गल्ति बोलेको भए क्षमा समेत मागेकी छिन् । भरत बराकोटीको शब्द र वसन्त थापाको लयमा सृजनाले सजिएको  “क्षमा दिनु है” बोलको म्युजिक भिडियोमा गीतको भावअनुसार महिला मात्र समाबेस गरिएको छ ।

मोडल सम्झना बुढाथोकीले नृत्य सहितको अभिनय बाट पनि बिकृति र विसंगति बिरुद्ध प्रहार भएको छ । गीता सेन्चुरिको स्वर लहरी बाट सुसजित यस गीतको म्युजिक भिडियोलाई निर्देशन कपिल  लामाले गरेका हुन् भने छायांकन राजेश घिमिरेले र सम्पादन बिष्णु शर्माले गरेका छन् । गीता सेन्चुरीको प्रस्तुतिमा बजारमा आएको यस गीतलाई बसन्त थापाको आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...