News Portal

  • बसन्त थापाको संगीतमा एक तीज गीत गाएपछी गायिका गीता सेन्चुरीले मागिन क्षमा (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    १६६१ पटक

    राजु बोहरा–काठमाडौँ । नेपाली तीज गीतहरुमा पुरुष हाबी भएको भन्दै एक गीत भर्खरै सार्बजनिक भएको छ । हुन पनि पहिले-पहिले तीज गीतहरुमा मात्र महिला आवाज सुनिन्थ्यो तर पछी आएर पुरुष हाबी भए पछी आफ्नै कला संस्कृति र मौलिकता बोकेको तीज गीत यस्तै हो भनेर बिस्वाश गर्नु पर्ने आजको बध्यता भएको छ ।

    पछिल्लो समय तीजका गितहरु बजारमा ल्याउने प्रतिस्पर्धा नै चलिरहेको छ । यस समयमा कसरी हुन्छ आफ्ना संगीत पारखीहरुलाई पृथक स्वाद दिने हरेक कलाकारहरुको चाहना हुन्छ । सोझो तरिकाले बुझ्ने हो भने यस गीतबाट पनि आफ्नो पृथक प्रस्तुतिको साथमा अशंख्य श्रोता एवम् दर्शकहरुको मन जित्ने बहानाको रुपमा गायिका गीता सेन्चुरीले यस गीतलाई बजारमा ल्याएकी हुन्ए कि भन्ने लाग्न सक्दछ । तर गहिरिएर बुझ्ने हो भने प्रस्तुत गीतले बिकृति र विसंगतिको बिरुद्ध आवाज उठाएको छ ।

    ’तीजका गित नारीले गाउ भन्थे बुढापाकाले, छोरा मान्छे गायक भए तीजका भाकाले,, गाली हैन गुनासो हो सबले मनमा लिनु है , मैले बढी बोल्या भए क्षमा दिनु’ दिने है भन्दै गीतकै माध्यम बाट गायिका गीताले यदि आफुले गल्ति बोलेको भए क्षमा समेत मागेकी छिन् । भरत बराकोटीको शब्द र वसन्त थापाको लयमा सृजनाले सजिएको  “क्षमा दिनु है” बोलको म्युजिक भिडियोमा गीतको भावअनुसार महिला मात्र समाबेस गरिएको छ ।

    मोडल सम्झना बुढाथोकीले नृत्य सहितको अभिनय बाट पनि बिकृति र विसंगति बिरुद्ध प्रहार भएको छ । गीता सेन्चुरिको स्वर लहरी बाट सुसजित यस गीतको म्युजिक भिडियोलाई निर्देशन कपिल  लामाले गरेका हुन् भने छायांकन राजेश घिमिरेले र सम्पादन बिष्णु शर्माले गरेका छन् । गीता सेन्चुरीको प्रस्तुतिमा बजारमा आएको यस गीतलाई बसन्त थापाको आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

    भिडियो हेर्न तल क्लिक गर्नु होला ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...