News Portal

कादुपाढामा सन्थालहरुले देखाए सन्थाल नृत्य [भिडियो सहित]

हिमाली संचार संवाददाता
६४८ पटक

रबिन्द्र बराल, २४ असाेज २०७६ मोरङ : माेरङकाे रतुवामाई नगरपालिका ६ स्थित कादुपाडामा नेपालीहरुकाे महानपर्व बिजया दशमीकाे अवसर पारेर द्वादशीका दिन प्रत्येक बर्ष झै यस बर्ष पनि मोरङका विभिन्न नगरपालिका र गाउँपालिकाका सन्थाल जातिहरुले अाफ्नाे माैलिक परम्परालाई लाेप हुन नदिन विभिन्न भेषभुषामा नृत्य गरेका थिए।

दुर्गा मन्दिर कादुपाढाको आयोजनामा सन्थाल नृत्य सहित दशैं मेला सम्पन्न गरेको छ।

उक्त नृत्य प्रस्तुत गर्ने अाएका विभिन्न १५ वटा टोली मध्ये उत्कृष्ट नृत्य गरेवापत ५ वटा टाेलीहरुलाई समाजसेवी बलबहादुर बस्नेतले, राजेन्द्र कटवालले चोगेन्द्र बहादुर खड्का, जनक पौडेल र बिरेन्द्र शंकरले धनराशि जुटाई दिएका थिए।

उक्त अवसरमा समाजसेवी बलबहादुर बस्नेत लगायतका सबै प्रायोजक युवाहरुलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो।

उक्त कार्यक्रममा प्रथम हुने टिम लाई नगद ९ हजार दाेस्राे ७ हजार ,तेस्रो ५ हजार र अन्य सहभागी टिमहरुलाई प्रत्साहान बापत ४ हजार, ३ हजार, २५ सय रुपैयाँ २२ सय २ हजार र १८ सय रुपैयाँ नगद हस्तान्तरण गरिएको थियोे।

स्थानीय जनपथ प्रहरी, शशस्त्र प्रहरी, बुद्धिजीवी, समाजसेवी तथा मंन्दिर समितिका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ, उपाध्यक्ष मानबहादुर खड्का लगायतकाे उपस्थिति रहेको थियो।

विशेषगरि सन्थाल जातिहरुले नाच्ने सन्थाल नृत्य हेर्न यहाँ क्लिक गर्नुहोस।

https://www.facebook.com/himalisanchar/videos/566577364082149

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...