News Portal

कादुपाढामा सन्थालहरुले देखाए सन्थाल नृत्य [भिडियो सहित]

हिमाली संचार संवाददाता
६७६ पटक

रबिन्द्र बराल, २४ असाेज २०७६ मोरङ : माेरङकाे रतुवामाई नगरपालिका ६ स्थित कादुपाडामा नेपालीहरुकाे महानपर्व बिजया दशमीकाे अवसर पारेर द्वादशीका दिन प्रत्येक बर्ष झै यस बर्ष पनि मोरङका विभिन्न नगरपालिका र गाउँपालिकाका सन्थाल जातिहरुले अाफ्नाे माैलिक परम्परालाई लाेप हुन नदिन विभिन्न भेषभुषामा नृत्य गरेका थिए।

दुर्गा मन्दिर कादुपाढाको आयोजनामा सन्थाल नृत्य सहित दशैं मेला सम्पन्न गरेको छ।

उक्त नृत्य प्रस्तुत गर्ने अाएका विभिन्न १५ वटा टोली मध्ये उत्कृष्ट नृत्य गरेवापत ५ वटा टाेलीहरुलाई समाजसेवी बलबहादुर बस्नेतले, राजेन्द्र कटवालले चोगेन्द्र बहादुर खड्का, जनक पौडेल र बिरेन्द्र शंकरले धनराशि जुटाई दिएका थिए।

उक्त अवसरमा समाजसेवी बलबहादुर बस्नेत लगायतका सबै प्रायोजक युवाहरुलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो।

उक्त कार्यक्रममा प्रथम हुने टिम लाई नगद ९ हजार दाेस्राे ७ हजार ,तेस्रो ५ हजार र अन्य सहभागी टिमहरुलाई प्रत्साहान बापत ४ हजार, ३ हजार, २५ सय रुपैयाँ २२ सय २ हजार र १८ सय रुपैयाँ नगद हस्तान्तरण गरिएको थियोे।

स्थानीय जनपथ प्रहरी, शशस्त्र प्रहरी, बुद्धिजीवी, समाजसेवी तथा मंन्दिर समितिका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ, उपाध्यक्ष मानबहादुर खड्का लगायतकाे उपस्थिति रहेको थियो।

विशेषगरि सन्थाल जातिहरुले नाच्ने सन्थाल नृत्य हेर्न यहाँ क्लिक गर्नुहोस।

https://www.facebook.com/himalisanchar/videos/566577364082149

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...