News Portal

नेकपाको सरकार आएपछि ३ तले घरको नक्सा पास गर्न ३१ हजार कर !

हिमाली संचार संवाददाता
१४४९ पटक

पोखरा – स्थानीय तहले लिइरहेको करमाथि जनमानसबाट प्रश्न उठिरहेकै बेला कास्कीको एउटा गाउँपालिकाले तीन तले घरको नक्सा पास गर्दा ३० हजार ९ सय रुपैयाँको रसिद काटेको छ ।

माछापुछ्र्रे गाउँपालिका वडा नं ३ का टेफनशोभा गुरुङले गाउँपालिकाबाट तीनतले घरको नाक्सा पास गर्न ३० हजार ९०० रुपैयाँ स्थानीय सरकारलाई कर तिरेका हुन् । गुरुङले मंगलबार गाउँपालिकालाई रकम बुझाएका छन् ।

गाउँलिकाका सूचना अधिकारी हरिलाल आचार्य भन्छन्- ‘१० असारमा बजेट पास गर्दा गाउँसभाले स्क्वायर फिटका आधारमा नक्सा पासको रकम लिने निर्णय गरेको थियो । सोहीअनुसार यो रकम लिइएको हो ।’

माछापुछ्र्रे गाउँपालिकाले आरसीसी बाहेकको घरको नक्सा पास गर्न प्रतिस्क्वायर फिटको ३ रुपैयाँ तोकेको छ । आरसीसी भवनको अण्डरग्राउण्डको भने प्रतिस्वायर फिटको ६ रुपैयाँ तोकिएको छ । यो रकम जति तला थपिँदै जान्छ, त्यति नै बढ्दै जान्छ । पहिलो तलामा प्रतिस्वायर फिटको ८ रुपैयाँ तोकिएको छ भने दोस्रो तलाका लागि प्रतिस्वायर फिटको १० रुपैयाँ तोकिएको छ । यो कर प्रतिस्वायर फिट २५ रुपैयाँसम्म छ ।

यसअघि घरको नक्सा पास गर्दा स्वायर फिटका आधारमा रकम लिने गरिएको थिएन । तर, जनप्रतिनिधिहरु आएपछि जनताको ढाड सेक्ने गरी कर लगाएको भन्दै स्थानीयले विरोध गरेका छन् ।

गुरुङको तीनतले घरको एउटा तलामा करिव १०२० स्वायर फिट छ । उनले तिरेको ३० हजार ९०० रुपैयाँ ‘नक्सा पास कर’ नयाँ नियम लागेपछिकै ठूलो रकम हो ।

गाउँपालिका अध्यक्ष भन्छन्- यो रकम बढी होइन

गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ भने घरको नक्सा पासका लागि लिएको रकम बढी नभएको तर्क गर्छन् । उनका अनुसार गाउँपालिकासँग पोखरा महानगरपालिका पनि जोडिएको छ । महानगरको वडा नम्बर १६ मा यस्तो कर प्रतिस्क्वायर फिट १६/१८ रुपैयाँसम्म छ । अध्यक्ष गुरुङले अनलाइनखबरसँग भने- ‘महानगरको भन्दा आधा मात्रै लिउँ भनेर हामीले ८ रुपैयाँबाट सुरु गरेका छौं ।’

अध्यक्ष गुरुङका अनुसार टेफनशोभा गुरुङको घर बनाएको क्षेत्र नगरोन्मूख क्षेत्र हो र त्यहाँ १६ मिटरको बाटो छ । जग्गाको मूल्य ३ देखि ५ लाख आना पुगिसकेको छ । गाउँपालिका अध्यक्ष गुरुङले भने- ‘३/४ करोड खर्च गरेर घर बनाउनेसँग ३१ हजार कर लिनुलाई अस्वाभाविक मान्नु भएन ।’

नेकपाबाट स्थानीय तह प्रमुख बनेका उनले आफूले तिरेको कर स्थानीय जनप्रतिनिधिले सदुपयोग गरेका छन् कि दुरुपयोग भनेर खबरदारी गर्न जनतालाई आग्रह समेत गरे ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...