News Portal

नेकपाको सरकार आएपछि ३ तले घरको नक्सा पास गर्न ३१ हजार कर !

हिमाली संचार संवाददाता
१५६१ पटक

पोखरा – स्थानीय तहले लिइरहेको करमाथि जनमानसबाट प्रश्न उठिरहेकै बेला कास्कीको एउटा गाउँपालिकाले तीन तले घरको नक्सा पास गर्दा ३० हजार ९ सय रुपैयाँको रसिद काटेको छ ।

माछापुछ्र्रे गाउँपालिका वडा नं ३ का टेफनशोभा गुरुङले गाउँपालिकाबाट तीनतले घरको नाक्सा पास गर्न ३० हजार ९०० रुपैयाँ स्थानीय सरकारलाई कर तिरेका हुन् । गुरुङले मंगलबार गाउँपालिकालाई रकम बुझाएका छन् ।

गाउँलिकाका सूचना अधिकारी हरिलाल आचार्य भन्छन्- ‘१० असारमा बजेट पास गर्दा गाउँसभाले स्क्वायर फिटका आधारमा नक्सा पासको रकम लिने निर्णय गरेको थियो । सोहीअनुसार यो रकम लिइएको हो ।’

माछापुछ्र्रे गाउँपालिकाले आरसीसी बाहेकको घरको नक्सा पास गर्न प्रतिस्क्वायर फिटको ३ रुपैयाँ तोकेको छ । आरसीसी भवनको अण्डरग्राउण्डको भने प्रतिस्वायर फिटको ६ रुपैयाँ तोकिएको छ । यो रकम जति तला थपिँदै जान्छ, त्यति नै बढ्दै जान्छ । पहिलो तलामा प्रतिस्वायर फिटको ८ रुपैयाँ तोकिएको छ भने दोस्रो तलाका लागि प्रतिस्वायर फिटको १० रुपैयाँ तोकिएको छ । यो कर प्रतिस्वायर फिट २५ रुपैयाँसम्म छ ।

यसअघि घरको नक्सा पास गर्दा स्वायर फिटका आधारमा रकम लिने गरिएको थिएन । तर, जनप्रतिनिधिहरु आएपछि जनताको ढाड सेक्ने गरी कर लगाएको भन्दै स्थानीयले विरोध गरेका छन् ।

गुरुङको तीनतले घरको एउटा तलामा करिव १०२० स्वायर फिट छ । उनले तिरेको ३० हजार ९०० रुपैयाँ ‘नक्सा पास कर’ नयाँ नियम लागेपछिकै ठूलो रकम हो ।

गाउँपालिका अध्यक्ष भन्छन्- यो रकम बढी होइन

गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ भने घरको नक्सा पासका लागि लिएको रकम बढी नभएको तर्क गर्छन् । उनका अनुसार गाउँपालिकासँग पोखरा महानगरपालिका पनि जोडिएको छ । महानगरको वडा नम्बर १६ मा यस्तो कर प्रतिस्क्वायर फिट १६/१८ रुपैयाँसम्म छ । अध्यक्ष गुरुङले अनलाइनखबरसँग भने- ‘महानगरको भन्दा आधा मात्रै लिउँ भनेर हामीले ८ रुपैयाँबाट सुरु गरेका छौं ।’

अध्यक्ष गुरुङका अनुसार टेफनशोभा गुरुङको घर बनाएको क्षेत्र नगरोन्मूख क्षेत्र हो र त्यहाँ १६ मिटरको बाटो छ । जग्गाको मूल्य ३ देखि ५ लाख आना पुगिसकेको छ । गाउँपालिका अध्यक्ष गुरुङले भने- ‘३/४ करोड खर्च गरेर घर बनाउनेसँग ३१ हजार कर लिनुलाई अस्वाभाविक मान्नु भएन ।’

नेकपाबाट स्थानीय तह प्रमुख बनेका उनले आफूले तिरेको कर स्थानीय जनप्रतिनिधिले सदुपयोग गरेका छन् कि दुरुपयोग भनेर खबरदारी गर्न जनतालाई आग्रह समेत गरे ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...