News Portal

पुनर्निर्माण प्राधिकरणको सीईओमा सुशील ज्ञवाली नियुक्त

हिमाली संचार संवाददाता
५५२ पटक

काठमाडौं । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई पुनः प्राधिकरणको सीईओमा नियुक्त गरेको हो ।

अघिल्लो पटक ओली सरकारले नै ज्ञवालीलाई प्राधिकरणको सीआईओ बनाएको थियो । तर, प्रचण्ड सरकारले हटाएको थियो ।

ज्ञवाली र पोखरेल आलोपालो

२०७२ वैशाखको भूकम्प प्रभावितहरुलाई राहत तथा पुनर्स्थापनाका लागि गठन भएको प्राधिकरणको सीईओ पदमा चरम राजनीतिकरण भइरहेको छ ।

हरेक सरकारले भएका सीईओलाई हटाउने र आफू निकटलाई ल्याउने गरेका छन् । यसले गर्दा प्राधिकरणले प्रभावकारी रुपमा काम भने गर्न सकेको छैन ।

सुरुमा गोविन्दराज पोखरेल सीईओ थिए । तर, केपी ओली सरकारले उनलाई हटाएर ज्ञवालीलाई ल्याए । ओली सरकार ढालेर कांग्रेस र तत्कालीन माओवादी केन्द्रको सरकार बन्यो, जसमा पोखरेल पुनः प्राधिकरण फर्किए ।

संघीय संसदको चुनावका बेला कांग्रेसबाट उम्मेदवार बन्ने भएपछि पोखरेलले राजीनामा दिए । उनको स्थानमा पूर्वप्रशासक युवराज भुसाल आए ।

पछिल्लो पटक केपी ओली नेतृत्वको सरकारले उनलाई हटाएपछि सीईओ पद रिक्त थियो ।

मुद्दा अदालतमा विचाराधीन

पुनर्निर्माण प्राधिकरणको सीईओ नियुक्त ज्ञवालीको मुद्दा भने सर्वोच्च अदालतमा विचाराधीन छ ।

आफूलाई हटाउने प्रचण्ड सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै उनी अदालत गएका थिए । तर, उनको मुद्दामा अन्तरिम आदेश भएन । अन्तिम सुनुवाईमा पेश गर्नु भनियो । त्यसयता दुई वटा सीआईओ आए र गए तर, सुनुवाई भएको छैन । मुद्दा अझै सर्वोच्चमा विचाराधीन रहेको ज्ञवालीका कानुनी सल्लाहकार लेखनाथ भट्टराईले बताए ।

ज्ञवालीले सीईओमा पुनर्वहाली गरिपाउँ भन्दै सर्वोच्चमा मुद्दा हालेका थिए । तर, सरकारले नियुक्ति दिएपछि उनी मुद्धा फिर्ता लिने तयारीमा छन् ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...