News Portal

प्राविधिक शिक्षा संचालनका लागि अमेरिकाबाट खेमराज ढकालले गरे १ लाख बढी सहयोग

हिमाली संचार संवाददाता
६१० पटक

सुर्खेत – शिव मावि धुलियाविट वीरेन्द्रनगर ११ मा प्राविधिक शिक्षा संचालनका लागि अमेरिकामा बस्दै आउनु भएका विरेन्द्रनगर ११ का खेमराज ढकालले सहयोग गर्नुभएको छ । ढकालले १ लाख एक हजार १ सय ५ रुपैँया सहयोग गर्नुभएको हो ।

ढकालका बुबा श्रीप्रसाद ढकाल, आमाहरु डम्मरकुमारी ढकाल र प्रवित्रा ढकाल र धर्मपत्नी शान्ता ढकालले विद्यालयलाई चेक हस्तारन्तरण गुर्नभएको हो । विद्यालयले आगामी वर्षमा १८ महिने पशुविज्ञान विषयमा प्राविधिक शिक्षा संचालन गर्दैछ । विद्यालयले नमुना स्कु्ल बनाउने अभियानमा आफुले पनि साथ दिएको भन्दै ढकालले सहयोग गर्नूभएको हो ।

विद्यालयले प्राविधि शिक्षा संचालनका लागि आर्थिक संकलनको लागि अभियान संचालन गर्दै आएको विद्यालयका प्रध्यानाध्यापक पूर्णप्रसाद पौडेलले जानकारी दिनुभयो । यस्तै विद्यालयले स्र्माट स्कुल निर्माण गर्नका लागि सरसफाई सम्मेलन गरेको छ ।सम्मेलनमा वडाका जनप्रतिनिधिहरुले विद्यालयलाई स्र्माट स्कुल बनाउन प्रतिवद्धता जनाएका छन् ।

विद्यालयालाई स्र्माट स्कुल बनाउन वीरेन्द्रनगर नगरपालिकाकाले २ लाख २ हजार २ सय आर्थिक सहयोग गर्ने र सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुसालले १० हजार सहयोग गर्ने प्रतिवद्धता गर्नुभएको छ । साथै दान पेटिकामा २५ हजार ४ सय १५ संकलन भएको शिक्षक विष्णुप्रसाद तिवारीले जानकारी दिनुभयो । विद्यालयले महिनावारी स्वच्छता, स्वछ चर्पी प्रयोग, स्वस्थ खाना, वातावरणीय सरसफाई, साबु्न पानीले हात धुने र स्वच्छ पिउने पानी विषयमामा समुह बनाएर विद्यालयलाई स्र्माट स्कुल बनाउने अभियानमा लागे उहाँले बताउनुभयो ।

यस्तै विद्यालयले आर्थिक वर्ष २०७४÷०७५ को आर्थिक आयव्यय सार्वजनिक गरेको छ । विद्यालयले १ करोड ४० लाख २७ हजार ७ सय ४१ रुपैँया १९ पैसा बराबरको आयव्यय सार्वजनिक गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश परियारको अध्यक्षतामा र वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख जितबहादुर शाह र सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुसाल र एसएनभी वासका सल्लाहकार लेकबिक्रम शाहले समेत आफ्नो भनाई राख्नु भएको थियो।

प्रतिकृया दिनुहोस्

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...

चुनावी सुरक्षा मूल्यांकन: दल र जेनजी समूहबीचको सम्भावित झडप मुख्य चुनौती

काठमाडौं, पुस १ – प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा सम्पन्न गर्न सकिने विषयमा सुरक्षा निकायले गृह...