News Portal

  • मौलिक तीज गीतको स्वाद बिदुर आपागाईको प्रस्तुतीमा “आँशु बरर” (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ७२० पटक

    राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो समय बिभिन्न तीज गीतहरु बजारमा आइरहेका छन् । बजार आइरहेका ति तिज गीतहरु धेरै मात्रामा मनोरन्जनका लागि केन्द्रित रहेका हुन्छन् । मनोरन्जन मात्र नभई ति गीतहरुले लोक यथार्थता बोल्नु पर्ने हो तर आफ्नै कला संस्कृति र मौलिकता माथि ठाडो प्रहार हुने गरेर बजारमा आएका गीतहरुले कतै तिज गीतको मर्म त हराउने होइन भन्ने गुनासोहरु आइरहेको बेला सुनाखरी मल्टी मिडिया फाउन्डेसन प्रालिले एक मौलिक तिज गीतको स्वादलाई भर्खरै आफ्नो युट्युब च्यानल मार्फत सार्बजनिक गरेको छ ।

    उक्त सार्बजनिक गीत बिदुर आपागाईं प्रस्तुतिमा “आँशु बरर” नामको साथमा रहेको छ । मान्छे जन्मिन्छ, हुर्किन्छ र बैबाहिक बन्धनमा बाँधिए पछी उसको जीवनले एउटा छुट्टै रुप लिने गर्दछ । त्यसमाथि पनि कुनै पनि चेली बैबाहिक बन्धनमा बाधिए पछिको जिबनी यात्रा कसैको निकै दयनीय पनि हुने गर्दछ । हो यस्तै एक चेलीको कष्टकर पिंडालाई यस गीतमा समाबेस गरिएको छ र तिज तिहार पनि भन्न नपाएको बेदना यस गीतको भावमा प्रष्ट पारिएको छ ।

    प्रस्तुत गीतमा बिदुर आपागाईं र सुजाता बि.क को कर्णप्रिय स्वर सुन्न सकिन्छ । गीत सुन्दा र यस गीतको म्युजिक भिडियो हेर्दा बल्ल पो वास्तविक तिज गीत सुन्न अनि हेर्न पाहियो भन्ने महसुस हुने यस गीतलाई लय माधब खड्काले तयार भने शब्द गायक स्वयम् बिदुर  आपागाईंले तयार पारेका हुन् । गीतको मिठासता अनुरुप भिडियो पनि निकै मर्मस्परी बनेको छ । भिडियोमा रमिला आचार्य र राज गिरीको जिबन्त अभिनय देख्न सकिन्छ । “आँशु बरर” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन गोपाल थापाले गरेका हुन् भने छायांकन बासु बराल र सम्पादन प्रविन भट्टले गरेका छन् ।

    भिडियो हेर्न तल क्लिक गर्नु होला ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...