News Portal

मौलिक तीज गीतको स्वाद बिदुर आपागाईको प्रस्तुतीमा “आँशु बरर” (भिडियो सहित)

हिमाली संचार संवाददाता
७९२ पटक

राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो समय बिभिन्न तीज गीतहरु बजारमा आइरहेका छन् । बजार आइरहेका ति तिज गीतहरु धेरै मात्रामा मनोरन्जनका लागि केन्द्रित रहेका हुन्छन् । मनोरन्जन मात्र नभई ति गीतहरुले लोक यथार्थता बोल्नु पर्ने हो तर आफ्नै कला संस्कृति र मौलिकता माथि ठाडो प्रहार हुने गरेर बजारमा आएका गीतहरुले कतै तिज गीतको मर्म त हराउने होइन भन्ने गुनासोहरु आइरहेको बेला सुनाखरी मल्टी मिडिया फाउन्डेसन प्रालिले एक मौलिक तिज गीतको स्वादलाई भर्खरै आफ्नो युट्युब च्यानल मार्फत सार्बजनिक गरेको छ ।

उक्त सार्बजनिक गीत बिदुर आपागाईं प्रस्तुतिमा “आँशु बरर” नामको साथमा रहेको छ । मान्छे जन्मिन्छ, हुर्किन्छ र बैबाहिक बन्धनमा बाँधिए पछी उसको जीवनले एउटा छुट्टै रुप लिने गर्दछ । त्यसमाथि पनि कुनै पनि चेली बैबाहिक बन्धनमा बाधिए पछिको जिबनी यात्रा कसैको निकै दयनीय पनि हुने गर्दछ । हो यस्तै एक चेलीको कष्टकर पिंडालाई यस गीतमा समाबेस गरिएको छ र तिज तिहार पनि भन्न नपाएको बेदना यस गीतको भावमा प्रष्ट पारिएको छ ।

प्रस्तुत गीतमा बिदुर आपागाईं र सुजाता बि.क को कर्णप्रिय स्वर सुन्न सकिन्छ । गीत सुन्दा र यस गीतको म्युजिक भिडियो हेर्दा बल्ल पो वास्तविक तिज गीत सुन्न अनि हेर्न पाहियो भन्ने महसुस हुने यस गीतलाई लय माधब खड्काले तयार भने शब्द गायक स्वयम् बिदुर  आपागाईंले तयार पारेका हुन् । गीतको मिठासता अनुरुप भिडियो पनि निकै मर्मस्परी बनेको छ । भिडियोमा रमिला आचार्य र राज गिरीको जिबन्त अभिनय देख्न सकिन्छ । “आँशु बरर” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन गोपाल थापाले गरेका हुन् भने छायांकन बासु बराल र सम्पादन प्रविन भट्टले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...