News Portal

गायिका सुनितामी परियारको तिज गीत ‘बाबरी’ बजारमा [भिडियो सहित]

हिमाली संचार संवाददाता
७९५ पटक

अर्घाखाँची, ४ साउन : अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर -२ कुर बेहोरेमा जन्मेकी पछिल्लो समयमा नेपालि लोकसंगीतमा दर्शक श्रोताहरु बाट अत्यन्तै चर्चा कमाउन सफल चर्चित लोकदोहोरि गायिका सुनितामी परियारको तिज कोशेली बाबरी लाइछौ गित भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ ।

गायिका सुनीतामि परियारले पछिल्लो समयमा पनि दर्शक श्रोताहरुले अत्यन्तै रुचाइएका मेरो बुढाको के मिलेन के झम झम लर्कौला साड़ी इतिहासको पानामा नाम लेख्न पाँउ छोडी, मलाई न जाउ है सानु ,कँहा बाट जिन्दगीले ल्यायो येहा सम्म तिमो त्यो मन दुख्ला भनि चर्को बोलिन लगयात अन्य एक दर्जन भन्दा धेरै लोकप्रिय गीति एल्बमहरु बजारमा सार्वजनिक गरिसकेकी छिन ।

पछिल्लो समयमा सुनितामिले आफ्नो गृह जिल्ला अर्घाखाँचीलाइ जिल्लामा मात्र नभएर देश देखि विदेशसम्म चिरपरिचित पार्दै आइरहेकी छिन । बिगत केहि महिना यता देखि नेपालि मौलिक लोकसंगीत र संस्कृतिलाइ विश्वव्यापी रुपमा जगेर्ना गर्नु पर्छ। अन्तर्राष्ट्रिय रुपमा हामीहरुको गितसंगीतलाइ प्रख्यात पार्नु पछ भन्ने अभियानमा गायिका परियार युरोप भ्रमणमा लागेकी छिन।

बिगतका बर्षहरुमा जस्तै नारीहरुको महान चाड हरितालीका तिज २०७६ सालको अवसरमा गायिका सुनितामिले तिज कोशेली बामरी लाईछौ आज मात्र आफ्नै युट्युब च्यानल सर्गम संगीत प्रालीबाट बजारना सार्वजनिक गरेकी हुन।

बामरी लाईछौ तिज गित सुन्दा गाउँपाखामा दाउरा घाँस जाँदा सबैको मुखमा झुन्डिने सुनिने एकदमै मौलिकता बोकेको नेपालि संस्कृति झल्काउँने शब्दहरुले सजिएको कहाँ बसायो बामारी मेरै कपाल भरि हे कहाँ बसायो बामारी बमारी कपालमा सिउरी हल्का अत्तर छरी कहाँ बसायो बामारी मेरै कपाल भरि जस्ता सुनिरहू लाग्ने तिज कोशेली रहेको छ ।

यस तिज गीतमा रबिन लामिछानेको शब्द रहेको छ भने संकलन -बिष्णु माया परियार एरेन्ज – सुदिप सागर ,म्युजिक भिडियो सम्पादक – नबिन निरौला छायांकन- नबराज उप्रेती निर्देशक – सुबोल थापा कोरियोग्राफर निर्देशक -गम्भीर बिष्ट र MUA:अनिता ग्वाछाले गरेकी छिन ।

नेपालि लोकसंगीत् क्षेत्रमा बिगत लामो समय देखि एकसत्र राज गरेका चर्चित लोकप्रिय ख्यातिप्राप्त गायक खुमन अधिकारि र चर्चित गायिका सुनितामी परियारको सुमुधुर आवाज रहेको छ। बाबरी लाइछौ तिज गीतको म्युजिक भिडियोमा मोडल गम्भीर थापा र स्वयंम गायिका सुनीतामि परियारको उत्कृष्ट अभिनय रहेको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस :

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...