News Portal

टिकटक गरौँ आउ भन्दै बिनोद ढकाल र बिमला कुमाल बजारमा [भिडियो सहित]

हिमाली संचार संवाददाता
१०५० पटक

काठमाडौँ, ३ साउन – नेपाली नारीहरुको माहान चाड हरितालिका तीज गीत हरु अहिले बजारमा प्रसस्त आइसकेका छन् र केहि आउन पनि बाँकी रहेको छ। तर यसरी बजारमा आएको गीतहरुमा पनि जसरी भए पनि पृथकता दिन सकिएन भने श्रोता तथा दर्शकहरुको मन जित्न गाह्रो भएको छ।

यसैलाई ध्यानमा राखेर पछिल्लो समयमा निकै चर्चामा रहेको टिकटकको सेरोफेरोलाई केन्द्रित गर्दै बिनोद ढकाल र कमला कुमालको संयुक्त प्रस्तुति “टिकटक गर्न आउ” बोलको गीत सार्बजनिक भैसकेको छ ।यसरी चर्चामा आएको टिकटकले कतिलाई फाइदा पनि पुर्याएको छ भने कतिको ध्यान एकोहोरो बनाएर कामकाज एकातिर कुम्लो बोकी ठिमीतिर भने झैं गराएको छ।

प्रस्तुत गीत आफ्नो काम नै छोडेर टिकटकमा रमाउने बिकृति बिरुद्धको ब्यङग्यत्मक झटारो हो। म्युजिक ल्याब प्रा.लि.ले बजारमा ल्ढयाएको यस गीतमा बिनोद ढकाल र बिमला कुमालको सुमधुर स्वर सुन्न सकिन्छ। गीतलाई ब्यङग्यत्मक रुपामा बिनोद ढकालले लेखेका हुन् भने लय पनि ढकाल कै रहेको छ।

“टिकटक गरौँ आउ” बोलको गीतको म्युजिक भिडियोमा अभिनय: पवन खतिवडा (म्याकुरि), शुशिला निरौला ( बिम्लि), रोमा बिष्ट, बिनोद अधिकारी, प्रकाश कटुवाल, राजु बोहरा, लक्ष्मण श्रेष्ठ, कोपिला अधिकारी, बिकल्प ढकाल, मोहन श्रेष्ठ, दिपक भुजेल, वि.पि. सुवेदी,सर्जु श्रेष्ठ तथा साथिहरु रहेको छ।

यस गीतको म्पयुजिक भिडियोलाई परिकल्पना, विनोद ढकाल, निर्देशन, लक्ष्मण श्रेष्ठ, क्यामेरा रामकृष्ण चौलागाईं, सम्पादन रोशन धितालले गरेका छन्।

भिडियो हेर्न तल क्लिक गर्नु होला।

https://youtu.be/efF92rl95NQ

प्रतिकृया दिनुहोस्

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...