News Portal

टिकटक गरौँ आउ भन्दै बिनोद ढकाल र बिमला कुमाल बजारमा [भिडियो सहित]

हिमाली संचार संवाददाता
१०९९ पटक

काठमाडौँ, ३ साउन – नेपाली नारीहरुको माहान चाड हरितालिका तीज गीत हरु अहिले बजारमा प्रसस्त आइसकेका छन् र केहि आउन पनि बाँकी रहेको छ। तर यसरी बजारमा आएको गीतहरुमा पनि जसरी भए पनि पृथकता दिन सकिएन भने श्रोता तथा दर्शकहरुको मन जित्न गाह्रो भएको छ।

यसैलाई ध्यानमा राखेर पछिल्लो समयमा निकै चर्चामा रहेको टिकटकको सेरोफेरोलाई केन्द्रित गर्दै बिनोद ढकाल र कमला कुमालको संयुक्त प्रस्तुति “टिकटक गर्न आउ” बोलको गीत सार्बजनिक भैसकेको छ ।यसरी चर्चामा आएको टिकटकले कतिलाई फाइदा पनि पुर्याएको छ भने कतिको ध्यान एकोहोरो बनाएर कामकाज एकातिर कुम्लो बोकी ठिमीतिर भने झैं गराएको छ।

प्रस्तुत गीत आफ्नो काम नै छोडेर टिकटकमा रमाउने बिकृति बिरुद्धको ब्यङग्यत्मक झटारो हो। म्युजिक ल्याब प्रा.लि.ले बजारमा ल्ढयाएको यस गीतमा बिनोद ढकाल र बिमला कुमालको सुमधुर स्वर सुन्न सकिन्छ। गीतलाई ब्यङग्यत्मक रुपामा बिनोद ढकालले लेखेका हुन् भने लय पनि ढकाल कै रहेको छ।

“टिकटक गरौँ आउ” बोलको गीतको म्युजिक भिडियोमा अभिनय: पवन खतिवडा (म्याकुरि), शुशिला निरौला ( बिम्लि), रोमा बिष्ट, बिनोद अधिकारी, प्रकाश कटुवाल, राजु बोहरा, लक्ष्मण श्रेष्ठ, कोपिला अधिकारी, बिकल्प ढकाल, मोहन श्रेष्ठ, दिपक भुजेल, वि.पि. सुवेदी,सर्जु श्रेष्ठ तथा साथिहरु रहेको छ।

यस गीतको म्पयुजिक भिडियोलाई परिकल्पना, विनोद ढकाल, निर्देशन, लक्ष्मण श्रेष्ठ, क्यामेरा रामकृष्ण चौलागाईं, सम्पादन रोशन धितालले गरेका छन्।

भिडियो हेर्न तल क्लिक गर्नु होला।

https://youtu.be/efF92rl95NQ

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...