News Portal

  • हास्यकलाकार क्षितिज समर्पण अभिनित “पशुपतिमा मुर्ति बोलेपछि…” (भिडियोसहित)

    हिमाली संचार संवाददाता
    २१०८ पटक

    काठमाडौँ – पशुपतिनाथ हिन्दु धर्मालम्बीहरुको पवित्र तिर्थस्थल । जहाँ वर्षमा लाखौँ मान्छेहरु दर्शन गर्न पुग्छन् । यही पशुपतिमा मुर्ति बोल्न थाल्यो वा मान्छेले जस्तै गरि आँखा खोल्न थाल्यो भने के होला ? तर, यस्तै भएको छ ।
    यो साँच्चिकै घटना नभएर तीज गीतमा देखाइएको घटना हो ।

    कस्तुरी म्युजिक प्रालिको प्रस्तुतीमा लोकेन्द्र रानाले ‘पशुपतिमा मुर्तिले बोल्छ रे’ बोलको रमाइलो एवं नाँचौ नाँचौ लाग्ने तीज गीत बजारमा ल्याएका छन् । एरेन्जर तथा गायक राजु सुनामको लय/शब्द रहेको गीतमा चर्चित गायिका पूर्णकला बिसी र गायक कृष्ण पुन मगरले स्वर दिएका छन् ।

    प्रकाश सपुत, दिपासा बिसी, रामकुमार शाही (क्षितिज समर्पण), जयबहादुर रावल, लोकेन्द्र राना र निशाको अभिनय रहेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन विक्रम चौहानले गरेका छन् ।

    प्रकाश खड्काले क्यामरा चलाएको भिडियोलाई मिलन र पदमले सम्पादन गरेका हुन्। भिडियोमा पशुपतिमा मुर्ति बोल्छ भन्ने सुनेर गाउँबाट दर्शन गर्न आएका दर्शनार्थीको कथा पनि जोडिएको छ ।

    हेर्नुहोस यो रमाईलो एवं नाँचौ नाँचौ लाग्ने भिडियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...