News Portal

सिम्ताको ओख्ले र काँरागाउँ जोड्ने झोलुङ्गे पुल काँग्रेस महामन्त्री खड्काद्वारा समुद्घाटन (भिडियो)

हिमाली संचार संवाददाता
६९७ पटक

सुर्खेत, ४ असार : सुर्खेतको सिम्ता गाउँपालिका वडा ३ ओख्ले र सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा ३ काँरागाउँ जोड्ने भेरी नदिमा झोलुङ्गे पुलको मंगलबार नेपाली काँग्रेसका महामन्त्री तथा पुर्व गृहमन्त्री पुर्णवहादुर खड्काले समुद्घाटन गरेका छन।

पुल समुद्घाटन कार्यक्रमका प्रमुख अतिथी खड्काले आफ्नो पहल र सक्रियातामा उक्त झोलुङ्गे पुल निर्माण गरिएको बताए।

झोलुङ्गे पुल उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस सल्यानका पुर्व सभापति धुव्रराज पुरी, पुर्व जिल्ला सचिव एकराज डि.सी, सुर्खेत जिल्ला उपसभापति टेकवहादुर सिंह, क्षेत्र नम्बर १ सभापति खड्ग बहादुर पोखरेल लगायतले भनाइ राखेका थिए।

पुल उद्घाटन कार्यक्रमको अध्यक्ष बनगाड कुपिण्डे नगरपालिका वडा ३ का वडा संयोजक केसव वस्नेत र संचालन मेघलाल पुनले गरेका थिए। सो कार्यक्रममा नेपाली काँग्रेसका शुभचिन्तक तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

भेरी नदिमा २ सय मिटर लम्बाई भएको पुल १ करोड २० लाख रकमको लागतमा मानामालिका जेभि कन्ट्रक्सनले काम सम्पन्न गरेको हो।

महामन्त्री खड्काले के-के बोले भिडियोमा हेर्नुहोस।

प्रतिकृया दिनुहोस्

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...