News Portal

चन्द्रागिरीमा बम विस्फोट, दुई घाइते

हिमाली संचार संवाददाता
३८६ पटक

काठमाडौ -चन्द्रागिरी नगरपालिका–३, इँटाभट्टा चोकमा पनि बम विष्फोट भएको छ । प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा विष्फोट भएको हो ।

चन्द्रागिरी प्रहरीका एक अधिकारीका अनुसार विष्फोटमा परेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा आकाश लामा छन् । अर्का व्यक्तिको पहिचान भएको छैन ।

उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । ललितपुरको लगनखेलमा पनि शंकास्पद वस्तु भेटिएको छ । त्यो पनि प्रेसर कुकर बम भएको आशंका गरिएको छ ।

यसअघि सुकेधारा र अनामनगरमा पनि प्रेसर कुकर बम विष्फोट भएको थियो । घटनामा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् ।

प्रतिकृया दिनुहोस्

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...