News Portal

निर्मला पन्तको हत्यारा पत्ता लगाउन महिला मानव अधिकार रक्षक सञ्जालको माग

१०९० पटक

हरकसिंह धामी,
कञ्चनपुर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालीका वडा नं. २ की १३ वर्षीया निर्मला पन्तको हत्या भएको २ हप्ता बिती सक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै महिला मानव अधिकार रक्षक सञ्जालले पन्तको हत्यारा पत्ता लगाउन माग गरेको छ ।

जिल्ला समन्वय समिति कञ्चनपुरको सभाहलमा महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्ररीय अध्यक्ष रेणु अधिकारीले महिलाको सरीर प्रति पुरुषबादि चिन्तनका कारण महिला बलात्कृत हुने गरेको यस्ता घटना हुन नदिन व्यापक जनचेतना र कडा कनुनको आवश्यकता रहेको बताउनुभयो । नेपालमा बलात्कारको पक्षका कानुन बलियो भए अनुसन्धानको निती कमजोर र प्रहरी प्रशासनको अनुसन्धान कमजोर भएको उहाले बताउनुभयो ।

जिल्ला समन्वय समिति कञ्चनपुरकी उप प्रमुख सानुकुमारी बुढाथापामहरा जिल्ला समन्वयले कञ्चनपुरका स्थानीय तहका उप प्रमुखहरुले गृह मन्त्रीसंग बसेर घटनाको बारेका जाकारी गराएको र नेपालमा बलात्कारीलाई फासिँको सजाय हुनु पर्ने माग समेत गरेको बताउनुभयो । बलात्कार भएको महिलाको सम्पुण जिम्मा सरकारले लिनुपर्ने बताउनु्भयो । भिमदत्त नगरपालीकाकी उप प्रमुख सुशिला चन्द सिहले दोषिलाई कारवाई गराउनको लागी आफ्नो तर्फबाट सम्पुर्ण सहयोग गर्ने तयार रहको बताउनुभयो ।

छलफलमा महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्ररीय अध्यक्ष रेणु अधिकारी, कञ्चनपुर र कैलालीका महिला मानव अधिकार कर्मी, कञ्चनपुरका स्थानीय तहका उप प्रमुखहरु र स्थानिय महिलाहरुको सहभागीता रहेको थियो । छलफल पछि महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्ररीय अध्यक्ष रेणु अधिकारी लगायतले बजार परीसरमा बलात्कारीलाई फासी दे , दोषिलाई कारवाई गर भन्ने नारा लगाउदै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पुगे ।

प्रहरीले केन्द्रबाट सिआईबिको टोली खटाएकोभए पनि हत्यारा पत्ता लगाउन सकेको छैन । साउन १० गते विहिबार बिहान ११ बजे साथीको घर साथी सँगै पढन हिडेकी वर्ष १३ की निर्मला पन्तको शब ११ गते शुत्रबार विहान ८ बजे भीमदत्त नगरपालीका १८ स्थित पत्थरपुरको उखू बारीमा फेला परेको थियो । नेस

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...