News Portal

  • विशाल पाख्रीनको “लभ्ली माइली” बजारमा (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ४२३ पटक

    काठमाडौं, १ जेठ : निक्कै लामो समयदेखी कुवेतमा कार्यरत विशाल पाख्रीनले आफ्नो वैदेशिक रोजगारी संगै गीतसंगितलाइ पनि अघि बढाइरहेका छन। गीत संगीतलाइ आफ्नो नजिकको मित्रको रुपमा हेर्ने विशाल यतिबेला गीतसंगितमा नै भविस्य खोजिरहेका छन। भविस्य खोज्दै जाने क्रममा आजै मात्र उनको “लभ्ली माइली” उनको आफ्नै युट्युब च्यानल विशाल मिडियाबाट सार्वजनिक भएको छ।

    त्यसो त बिशाल पाख्रीनले यो भन्दा अघि पनि आफ्नो र अरुको शब्द/लयमा झन्डै एक दर्जन गीत गाइसकेका छन। आफ्नो कामलाई बढी प्राथामिकता दिइनुपर्ने भएकोले बचेको समयलाई मात्र गीत संगीतमा खर्चिनु परेकोले लामो समयपश्चात लभ्ली माइली सार्वजनिक गरेको बताउने पाख्रीनले यस गीतबाट पनि विगतका गीतहरुमा जस्तै दर्शक स्रोताको मायाको अपेक्षा गरेका छन।

    जिग्मे मिडिया प्रोडक्सनबाट अभि लामको निर्देशनमा विशाल पाख्रीन र चर्चित गायिका पुर्णिामा लामाको मीठो आवाजले सजिएको गीत विशाल मिडिया यु ट्युब च्यानलबाट सार्वजनिक भएको छ। यस गीतको शब्द विशाल पाख्रीन आफैले गरेका छन भने संगीत नेपाली तामाङ सेलो बेसमा दर्शक स्रोताले अत्याधिक मन पराइएका गायक विश्व दोङ्ले गरेका छन। यस गीतलाइ दिपेश प्रधानले मिक्सिङ गरेका छन।

    विशाल पाख्रीनको लभ्ली माइलिमा बुगिवुगिबाट खुव चर्चा कमाएका सरोज मोक्तान, चर्चित मोडलद्वय सम्झना लामा र शाना लामाको अभिनय देख्न सकिन्छ भने यस गीतको भिडियोलाइ सुर्य लामाले एडिट गरेका हुन। लभ्ली माइलीको निर्माता विशाल पाख्रीन, माया तामाङ र लक्ष्मण स्याङ्बो हुन।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

    https://youtu.be/pcJY1pA4TYk

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २५ गतेको राशिफल

    आज असोज २५, २०८२ (अक्टोबर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    दशैंपछि सेयर बजारमा ३ प्रतिशत गिरावट, नीतिगत सहजतापछि सुधारको आशा

    काठमाडौँ, असोज २४ – दशैं सकिएपछि खुलेको सेयर बजार यस साता कमजोर रह्यो। बजार सूचक...

    एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

    काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने...

    शिक्षामन्त्री पुनलाई पूर्वमन्त्री भट्टराईको ३० बुँदे सुझाव

    काठमाडौं, असोज २४ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई पूर्वमन्त्री विद्या भट्टराईले शिक्षा...

    अनलाइन मिडिया दर्ता तीन महिनादेखि ठप्प, नियमावली कार्यान्वयनमा ढिलाइ

    काठमाडौं, असोज २४ – सरकारले अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागमार्फत...