News Portal

ओली सरकार : यी बदनाम व्यक्तिका पक्षमा

समाचार डेस्क
८१२ पटक

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको राजनीतिक नियुक्त खारेज भएसँगै पदच्यूत भएको दूर सञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई पुनः प्राधिकरणको अध्यक्ष बनाउन एनसेल, स्मार्टसेल लगायतका मोवाइल सेवा प्रदायक कम्पनीहरू लागि परेको रहस्य खुलेको छ ।

खड्गप्रसाद ओली नेतृत्वको सरकारले असार २० गते शेरबहादुर देउवा सरकारले २०७४ भदौ १४ देखि फागुन २ सम्म गरेका सबै राजनीतिक नियुक्तिहरू बदर गर्ने निर्णय गरेको थियो । उक्त निर्णय गरे लगत्तै सर्वोच्च अदालत पुगेका झाले पछि निवेदन फिर्ता लिएका थिए ।

दूर सञ्चारको अध्यक्ष भएको बेलामा ६५ अर्व राजवश्व तिर्न आनाकानी गर्दै आएको एनसेललाई फाइदा पुग्ने गरी काम गरेका झालाई पुनः अध्यक्ष बनाउन एनसेल सक्रिय भएर लागेको छ । कानुनअनुसार झालाई पुनः नियुक्ति गर्न नमिल्ने भएपछि एनसेल ‘ब्याक’ भएको छ । देउवा नेतृत्वको सरकारले पनि झालाई पुनः दूर सञ्चारको अध्यक्ष बनाएको हुँदा उनलाई अहिले फेरि नियुक्ति गर्न मिल्दैन ।

यसअघि बाबुराम भट्टराई नेतृत्वको सरकारमा सञ्चारमन्त्री रहेका राजकिशोर यादवले झालाई दूर सञ्चारको अध्यक्ष बनाएका थिए । झालाई फेरि पनि अध्यक्ष बनाउने हो भने सार्वजनिक रुपमा सूचना जारी गरेर प्रतिस्पर्धाबाट लैजानु पर्ने हुन्छ ।

यो प्रक्रिया झन्झटिलो भएपछि विना प्रतिस्पर्धा झालाई कसरी अध्यक्ष बनाउन सकिन्छ भनेर एनसले र स्मार्टसेलले भित्रभित्रै चलखेल सुरु गरेका छन् । चलखेलका कारण प्राधिकरणमो अध्यक्षको पद लामो समयसम्म खालि हुने आशंका पैदा भएको छ । यदि यस्तो भएको खण्डमा प्राधिकरणका समान्य काममा समेत अप्ठेरो पर्ने देखिन्छ ।

बुधबार राति अबेर सकिएको मन्त्रिपरिषद् बैठकले भदौ १४ देखि फागुन २ सम्म भएका सबै राजनीतिक नियुक्तिहरू बदर गर्ने निर्णय गरेको थियो । रिपब्लिकदैनिक

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...