News Portal

सुर्खेतमा एम्बुलेन्सको नयाँ भाडादर कायम, उपत्यकाभन्दा बाहिर प्रति किलोमिटर ४० रुपैयाँ

हिमाली संचार संवाददाता
८४९ पटक

सुर्खेत – सुर्खेतमा सञ्चालित एम्बुलेन्सहरूको नयाँ भाडादर तय गरिएको छ। जिल्लामा एम्बुलेन्स सञ्चालन गर्दै आएका एम्बुलेन्सहरू सञ्चालनकर्ताहरूले नयाँ भाडादर तय गरेका हुन्। अब वीरेन्द्रनगर उपत्यकाभित्र ‘ग’ वर्गको लागि आउने र जाने गरेर ४०० तथा ‘ख’ वर्गको सेवाका लागि ८०० भाडा कायम गरिएको छ।

सुर्खेतमा वीरेन्द्रनगर उपत्यकाभन्दा बाहिरको हकमा भने प्रति किलोमिटर ४० रुपैयाँका दरले एम्बुलेन्सहरूले भाडा लिने संयुक्त एम्बुलेन्स चालक संघ नेपाल शाखा कार्यालय सुर्खेतका अध्यक्ष डिलबहादुर नेपालीले जानकारी दिए।

यस्तै, सुर्खेतको छिन्चुदेखि जाजरकोटसम्मको मार्गमा भने न्यूनतम भाडादर ५ हजार ५०० रुपैयाँदेखि अधिकतम ११ हजार रुपैयाँ तोकिएको छ।

कर्णाली राजमार्गमा सुर्खेतको बड्डिचौरदेखि वीरेन्द्रनगरसम्मको लागि २ हजार ३०० रुपैयाँ भाडा तोकिएको छ भने सुर्खेतदेखि कालीकोटसम्मका लागि १४ हजार रुपैयाँ तोकिएको छ। बड्डीचौरदेखि पश्चिमतर्फका जिल्लाभित्रका क्षेत्रहरूका लागि भने भाडादर ५ हजार ५०० तय गरिएको छ। सुर्खेतको पश्चिममा पर्ने गुटु बजारदेखि वीरेन्द्रनगरसम्मको एम्बुलेन्स भाडा ७ हजार तोकिएको छ। धुलियाबिटदेखि धुलाबारीसम्मका लागि न्यूनतम एक हजारदेखि भेडाबारीसम्मको ५ हजार ७०० रुपैयाँ तय गरिएको छ।

त्यसैगरी, रत्नराजमार्गतर्फ वीरेन्द्रनगरदेखि कोहलपुरसम्मको एम्बुलेन्स भाडा ५ हजार तोकिएको छ भने भारतको लखनउसम्मका लागि १५ हजार रुपैयाँ तोकिएको अध्यक्ष नेपालीले जानकारी दिए।

सुर्खेत–दैलेख सडकखण्डमा न्यूनतम १ हजार २ सयदेखि अधिकतम ६ हजारसम्म कायम गरिएको छ। अध्यक्ष नेपालीका अनुसार वीरेन्द्रनगरदेखि नारायणगढसम्मको लागि २५ हजार रुपैयाँ तथा काठमाडौं र पोखराका लागि ३० हजार रुपैयाँ भाडा कायम गरिएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...