News Portal

ईलाका प्रसाशन कार्यलयकाे मुख्य गेटमा भारतीय माेटरसाईकल छ्यापछ्यापी (भिडियो सहित)

हिमाली संचार संवाददाता
५९८ पटक
रबिन्द्र बराल, मोरङ

वैशाख ५, विहिवार : जन्मको आधारमा नागरिता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको नागरिक्ता दिने निर्णय भएसंगै मोरङ जिल्लामा नागरिक्ता लिनेको संख्यामा उल्लेखनिय वृद्धि भएको छ । जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन बाटो खुला गरेपछि सिमाबर्ति क्षेत्रमा रहेको ईलाका प्रसाशन कार्यलय रंगेलीकाे मुख्य गेटमा अहिले दैनिकी ५ देखि १० वटा भारतीय नम्बर प्लेटका माेटरसाईकलहरु देखा पर्ने थालेका छन ।

मोरङमा आज विहिवारसम्म सातसय भन्दा वढिलाई त्यस प्रकार वंशजको नागरिक्ता वितरण गरेको र नागरिक्ता वनाउन आउनेहरुलाई थप ३५ सय टोकन वितरण गरिएको जिल्ला प्रसासन कार्यालय मोरङले जनाएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले इलाका प्रसासन कार्यालय रंगेली, इलाका प्रसासन कार्यालय उर्लावारी तथा जिल्ला प्रसासन कार्यालयवाट नागरिता वितरण भई रहेको वताउनुभयो ।

मन्त्रीपरिषदको निर्णय अनुुसार मोरङमा चैत २० गते देखी त्यस प्रकारको नागरिकता वितरण शुुरु भएको हो । त्यसपछि अदालतको आदेश अनुसार चैत २६ गतेदेखी वैशाख ३ गतेसम्म नागरिता वितरण रोकिएकोमा अदालतको निर्णय पछि वैशाख ४ गतेदेखी नागरिता वितरण फेरी शुरु भएको हो।

कार्यालयवाट सरदर दैनिक २ सय जनाले त्यसप्रकारको नागरिता लिने गरेका छन। नागरिता लिनेको संख्या उल्लेखनिय रुपमा वढेपछि कर्मचारीको संख्या ढाएर फर्म भरेको केहि घन्टामै नागरिक्ता उपलव्ध गराउदै आएको सहायक प्रजिअ ओलीको भनाई छ ।

कार्यालयवाट यस अघि वैवाहिक र वंशजका देनिक ६० देखी ६५ वटा नागरिकता वितरण हुुदै आएको थियो । पाचवर्ष पछि यस्तो प्रकारको नागरिक्ता दिन वाटो खुुलेपछि जिल्ला प्रसासन कार्यालयमा नागरिक्ता लिन आउनेको शख्यमा वृद्धि भएको हो ।

यस्तो नागरिकता पाउनकालागी आमा र वावुुको नेपाली नागरिक्ताको प्रमाणपत्र अनिवार्य हुुनुुपर्छ ।
२०६४ साल संविधानसभाको निर्वाचन अघि खटिएको नागरिक्ता टोलिवाट देशभर १ लाख ७० हजार ४२ जनाले जन्मको आाधारमा नागरिक्ता पाएका थिए । ती नागरिकका सन्तान वालिग भएपनि लामोसमय नेपाली नागरिता पाउनवाट वन्चित थिए ।

रंगेलीले अहिलेसम्म १ सय ६० वटा नागरिकता बितरण समेत गरिसकेको र १५ गतेसम्मका लागि दैनिकी ५० वटाका दरले टाेकन समेत बितरण गरिसकेको र १६ गतेदेखि पुनः अर्को टाेकन बितरण गरिने ईलाका प्रसाशन कार्यलय रंगेलीका प्रमुख जयप्रकाश बस्नेतले बताए ।

भिडियो हेर्नुहोस।

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...