आज : २०२६-०६-१४, आइतबार

सुजनको शब्दमा रामजी र सिलाको आवाजमा ” बन फुल” बजारमा (भिडियो सहित)

काठमाडौं, ३ बैशाख : चर्चित सर्जक तथा गायक सुजन लम्सालको शब्द रहेको “बन फुल” बोलको लोक दोहोरी गीत बजारमा आएको छ। उक्त गीतमा बहुचर्चित गायक रामजी खाँड र सिला गुरुङको आवाज रहेको छ भने म्युजिक पनि गायक खाँडले नै भरेका छन।

शिव बिकको निर्देशनमा रामजी र छुल्टिम गुरुङले अभिनय गरेको भिडियोलाई नवराज उप्रेतीले क्यामेरामा दृश्य कैद गरेका हुन भने बिकाश ज्ञावालीले सम्पादन गरेको सो गीतको भिडियोलाई गायक खाँडकै अफिसियल युटुब च्यानल मार्फत बजार व्यवस्थापन गरिएको छ।

हेर्नुहोस उक्त गीतको पूरा भिडियो।