News Portal

मोदि नेपाल आउने भएपछी बानेश्वरको सडकका खाल्डाखुल्डी धमाधम पुरिदै (फोटो फिचर)

हिमाली संचार संवाददाता
१२७६ पटक

शंकर गिरी
काठमाडौं – आजभोलि सडक विभागका इन्जिनियर र प्राविधिकहरुलाई एकछिन पनि हात बाँधेर बस्न छुट छैन । चक्रपथभित्र जता घाम लाग्यो भन्ने सूचना आउँछ, त्यतै रोडा र अलकत्रा बोकेर सडकको खाल्डा टाल्न पुगिहाल्नुपर्छ ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमिस्टेक) को शिखर सम्मेलन काठमाडौंमा हुने भएपछि ‘सडकमा एउटा पनि खाल्डा नराख्नू’ भन्ने सरकारको निर्देशन छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विभिन्न ६ राष्ट्रका सरकार र राष्ट्र प्रमुख आउने भएपछि काठमाडौंका सडकलाई चिटिक्क पारेर राख्न कुनै कसर बाँकी नछोड्न भन्दै सरकारले विभागलाई घच्घचाइरहेको छ ।

त्यसैले वर्षामै भए पनि सडक विभागका अधिकारीहरु निकै सक्रिय छन्, नभई सुख पनि छैन । अन्य समयमा धान रोप्ने खेतजस्तो बन्ने गरी पानी जम्दा पनि वास्ता नगर्ने सरकारले बेमिस्टेककै लागि भए पनि मुख्य सडकहरु सुधार गर्दा स्थानीय, सवारी चालक र यात्रुलाई सहज भएको छ ।

मंगलबार बानेश्वर चोकमा केहीबेर सवारी आवागमन नै रोकेर खाल्डा पुरियो । त्यतिबेला जाममा फसेका यात्रुले सरकारलाई ब्यंग्य कस्न भ्याए । विभागका प्राविधिकले साना-साना खाल्डा पनि खोज्दै पुरेको देखेपछि केही यात्रुले सँधै यसैगरी काम गर्न सुझाव दिए ।

स्थानीय ब्यापारीहरुले पनि विदेशी पाहुना आउने भएपछि गरिने यस्तो ‘शुभ काम’ सँधैभरि गर्ने सद्बुद्धि सरकारलाई प्राप्त भइदिए हुन्थ्यो भन्ने कामना व्यक्त गरे ।

जामका फसेका एक मोटरसाइकल चालकले ठूलै विभागका स्वरमा भने,’यहाँको भ्वाङ टालियो, ठीक भयो, बौद्धको सडकमा जमेको पानीपोखरी पनि देख्नुभा’छ ?’उनको भनाइमा सबैले हाँसेर धेरैले सहमति जनाए ।

(फोटो फिचर)

तस्वीर : अनलाइनखबर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...