News Portal

कुशल छेत्रीको’ तिमीलाई देखि भाछु के गर्ने, भान्जी बारीमा साग छ मामा के लाग्छ !

हिमाली संचार संवाददाता
७३१ पटक

चुर्ण पुन मगर/बर्दिया : कला साहित्य अनि संस्कृतिको संरक्षण र सम्बर्द्धन परापूर्वकाल देखि नितान्त चलिअाएको एक परम्परा हो । जसलाई बचाउन हाम्रो जिज्यु-बा, ब-राजु, हजुर-बा लगायत अहिलेका जल्दाबल्दा नवयुवा पनि त्यतिकै तल्लिन रहेर अघि बढ्नु भएको छ, यो निकै सराहनीय कार्य हो ।

संस्कृतिको संरक्षण र सम्बर्द्धन गरेर अागन्तुक नयाँ पुस्तालाई जस्ताको तस्तै सुम्पनु तपाईं हाम्रो दायित्व पनि हो । यसले हामीलाई ठुलो धनलाभ नहोला, तर हामी आफ्नो काँधको जिम्मेवारीबाट पन्छिनु भने हुदैन । ती पुराना मौलिक लोक दोहोरी गीतहरुमा पाईने मिठो साँगीतिक स्वादलाई परिमार्जन र समायोजन गर्दै संगीत प्रेमि बाबू छेत्रीको शब्दमा “तिमीलाई देखि भा छु के गर्ने ? भन्ने गीति एल्बम बजारमा अाएको छ ।

मङ्सिर अाएकै हो तर समय नअाए के गर्नु बिचरा गायिका भिमा लामिछाने निकै हतारमा देखिन्छ, सायद गायक भिम ज्वलन्त योगीले नै कतै धिला सुस्त गरेर अाज यो अवस्था देखिएको होकी भन्ने हजुर हाम्रो अाकलन छ । भनिन्छ नि मौकामा चौका हानिएन भने यस्तै हो अापत पर्न सक्छ समयमै सजग रहनुहोला ।

अायुश छेत्री र अायुष्मा कार्कीको दमदार अभिनय रहेको यस गीतलाई कुशल छेत्रीको लय अनि प्रस्तुतिमा बजारमा ल्याइएको छ । नरेश चैसिरको छायाँकनमा मनोज कार्कीको सम्पादन र मौसम हिमालीको निर्देशनमा भिडियो निर्माण गरिएको छ ।

गीतको पुरा भिडियो हेर्नुहोस् ।

https://youtu.be/-y44VmdTFZI

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...