News Portal

प्रधानन्यायाधीश नियुक्ति प्रकरणमा प्रधानमन्त्रीले दोहोरो चरित्र देखाए : कांग्रेस

हिमाली संचार संवाददाता
७७० पटक

काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानन्यायाधीश नियुक्ति प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो चरित्र देखाएको आरोप लगाएको छ ।

प्रधानमन्त्रीकै कारण ‘दुर्भाग्यपूर्ण घटना’ भएको र यसले न्यायपालिकाको स्वतन्त्रता र निस्पक्षतामाथि कार्यकारिणीको नियन्त्रणकारी हस्तक्षेप भएको ठहर गरेको छ ।

मंगलबार बसेको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्रीको आलोचना गरेको छ । संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्रीकै सिफारिसमा जोशीको नाम प्रस्ताव भएको तर, प्रधानमन्त्रीले नै अस्वीकृत गराउन आफ्ना पार्टीका सांसदहरुलाई हृवीप लगाएको कांग्रेसको दाबी छ ।

ओलीले प्रधानमन्त्री पदको प्रतिष्ठा र जिम्मेवारी विपरित भूमिका खेलेको भन्दै कांग्रेसले भनेको छ, प्रधानमन्त्रीले दुराशयपूर्ण तवरबाट आफैं सिफारिस गर्ने, आफैं अस्वीकृत गराउने दोहोरो भूमिका गर्नु भएकामा कांग्रेस गम्भीर छ ।’

प्रधानमन्त्रीकै कारण प्रधानन्यायाधिश नियुक्तिको प्रक्रिया दुर्घटनामा परेको कांग्रेसले बताएको छ ।

यसलााई न्यायपालिकाको स्वतन्त्रता र निस्पक्षतामाथि कार्यकारिणीको अतिक्रमण र नियन्त्रणकारी हस्तक्षेप भन्दै कांग्रेसले लोकतन्त्रका आधारभूत मूल्य, मान्यता, संविधान, संवैधानिक सर्वोच्चता र न्यायापालिकाको स्वतन्त्रता एवं निष्पक्षता रक्षा गर्न अझ बढी गम्भीरताका साथ क्रियाशील रहने निर्णय गरेको छ ।

बैठकपछि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले यदि जोशीको शैक्षिक प्रमाणपत्र नक्कली छ भने राज्यले छानविन गरेर कारबाही गर्नु पर्ने माग समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...