News Portal

कला र संस्कृतिको संरक्षण फेसबुक मेसेन्जरको मुख्यबाटो (भिडियो सहित)

हिमाली संचार संवाददाता
६०१ पटक

चुर्ण पुन मगर/बर्दिया : संस्कृति समाजको एउटा ऐना हो । समाजको विशेषता, गुण, संस्कार, रीतिरिवाजको प्रतिविम्ब उसले मान्दै आएको संस्कृतिबाट उजागर हुन्छ । विविधतायुक्त संस्कृति र प्रकृतिले भरपुर अनुपम देश भनी विश्वमा सुपरिचित नेपालको विशेषता अनुपम नै रहेकोमा द्विविधा छैन ।

परम्परा, संस्कार र रीतिरिवाजले समाजलाई अनुशासनको परिधिभित्र राखेको हुन्छ । विस्तारै परिवर्तनशील समयमा विभिन्न प्रबिधिको निरन्तर विकास हुदैछन् । मानिस सुख र सन्तुष्टिको खोजीमा मृत्युपर्यन्त तल्लीन हुन्छ, तर प्रबिधि अविस्कार गर्न चुकेका छैनन् । जस्तै हिजोआज तपाईं हाम्रो हातहातमा हुने हरेक स्मार्टफोनहरु हेर्नुस् । यो विज्ञानको देन होइन त ?

अत्य आधुनिक प्रविधिको विकास संगै फेसबुक मेसेन्जरले संसारमा निकै लोकप्रियता कमाएको छ । कहिकतै यसको दुरुपयोग भएपनि समग्रमा यसको सकारात्मक छुट्टै समाजिक, संस्कृतिक बिशेषता पनि छ । जसलाई हामी नेपाली हाम्रो नेपाल फेसबुक ग्रुपले छुट्टै विश्लेषण गरेको छ । जहाँ हुन्छ नेपाली त्यहीँ हुन्छ संस्कृति, जहाँ हुन्छ संस्कृति र संस्कार त्यहीँ हुन्छ हाम्रो देश नेपाल अनि नेपाली ।

नेपाल र नेपालीको महान भावनालाई सार्थक राखीराख्नु हामी सबैको परम कर्तव्य हो । यहीँ सन्दर्भलाई मनन् गर्दै हामी जो जहाँ रहेपनि मातृभूमि नेपालको संस्कृतिलाई बचाउन, नेपाल र नेपालीका मौलिक लोक दोहीरी गीतहरुलाई बचाई राख्न विभिन्न मेसेन्जर ग्रुप बनाएर देश तथा विदेशमा रहेका अाम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु रमाइलो गर्ने गर्दछौं ।

हो, यसैको उपज हो । फेसबुक मेसेन्जर। गीति एल्बम । उक्त गीतमा साबित्रा रिमालको शब्द” युबराज थापा मगरको लय” रहेको छ भने, सुखल भट्टराई र सीता रिमालले स्वर दिएकाछन् । यस गीतमा चर्चित मोडल शशिकला राई र पि एन सापकोटाको उत्कृष्ट अभिनय रहेको छ । जलराप्ती डिजिटल प्रालिले भिडियो निर्माण गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

प्रतिकृया दिनुहोस्

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...