News Portal

दीपक मनाङ्गेको क्षेत्रमा उपनिर्वाचन माग, कांग्रेसद्वारा सार्वजनिक महत्वको प्रस्ताव तयारी

हिमाली संचार संवाददाता
७५१ पटक

अमृत सुवेदी
पोखरा – कर्तव्य ज्यान मुद्दामा दोषी ठहर सांसद राजीव गुरुङ (दीपक मनांगे)को क्षेत्रमा उपनिर्वाचन गराउन गण्डकी प्रदेशका सांसदले माग गरेका छन् ।

जनमोर्चाका सांसद कृष्ण थापाले मनाङमा उपनिर्वाचन गर्न माग गरेका हुन् । त्यो क्षेत्रलाई जनप्रतिनिधिबिहीन अवस्थामा राख्न नहुने उनको भनाइ थियो ।

मनाङ प्रदेश सभा २ बाट निर्वाचित मनांगे सर्वोच्च अदालतबाट दोषी ठहर भई जेल चलान भएका छन् । मनांगे निर्वाचित त भए तर, संसद छिर्नै पाएनन् ।

निर्वाचनलगत्तै पक्राउ आदेश भएपछि मनांगे केही समय फरार थिए । तर, केही समयपछि पक्राउ परे । स्वतन्त्र सांसदका रुपमा विजयी मनांगे सपथ नै नलिई जेल जानु पर्‍यो ।

अहिलेसम्म त्यो पद रिक्त छ । सोमबारको संसद बैठकमा बोल्दै सांसद थापाले पद रिक्त गर्न नहुने भन्दै तत्काल उपनिर्वाचन गर्न सरकारसँग माग गरेका हुन् ।

प्रत्यक्षतर्फ ३६ र समानुपातिक २४ गरि गण्डकी प्रदेशमा ६० जना सांसदको ब्यवस्था छ । तर हाल ५९ जना मात्रै छन् ।

सार्वजनिक महत्वको प्रस्तावको तयारी

प्रमुख विपक्षी दल कांग्रेसले पनि उपनिर्वाचन गराउन संसदमा सार्वजनिक महत्वको प्रस्ताव राख्ने तयारी गरेको छ ।

संसद बैठकमा उपनिर्वाचन माग गर्नेदेखि सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नेसम्म कार्यक्रम रहेको नेपाली कांग्रेसका सांसद कुमार खड्काले बताए । ‘कानुनी रुपमा अयोग्य भइसकेपछि पनि एक जना खाली भएर संसद चलिरहेको छ,’ सांसद खड्काले भने, ‘तत्काल निर्वाचन गरेर जनप्रतिनिधि ल्याउन आवाज उठाउने र सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेर सम्बोधन गर्न लगाउनबारे निर्णय गर्न कांग्रेस छलफलमा छ ।’

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रदेश सभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने प्रदेश सभा निर्वाचन ऐन-२०७४ मा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...