News Portal

वियोगान्त लोकदोहोरी गित ‘निष्ठुरी’ सार्वजनिक

हिमाली संचार संवाददाता
५४८ पटक

कृष्ण प्रसाद अधिकारी
दैलेख : जिल्लाको भगवतीमाई गाउँपालिका–१ का गायक शैलेन्द्र भण्डारी ‘सलु’ र सोहि गाउँपालिका–२ का गायिका आशा कुमारी चन्दको नयाँ गित सार्वजनिक भएको छ । गायक शैलेन्द्र भण्डारी र गायिका आशा कुमारी चन्द (शाही)को शव्द तथा स्वर तथा सानू बिपिन सप्लाङ्गी मगरको लय रहेको वियोगान्त गित ‘निस्ठुरी’ सार्वजनिक भएको हो ।

गितको म्युजिक भिडियोमा चर्चित मोडल पुजना प्रधान र आकाश ठकुरी र राम बहादुर शाहीको मुख्य भुमिका रहेको छ । टि टाईम म्युजिक प्रा.लि. द्धारा बजारमा ल्याइएको उक्त गितको भिडियो टि टाईम म्युजिक प्रा.लि.ले नै बजार व्यवस्थापन गरेको छ ।

गितमा गायक तथा सर्जक इन्द्र जिसिको एरेन्ज र सल्लाहकार सहयोगिमा तारा बहादुर शाही, राम बहादुर र प्रीती भण्डारी रहेका भने संचार सहयोगी कृष्णप्रसाद अधिकारी रहेको बताइएको छ । भगवतीमाई गाउँपालिकमा जन्मीएर कर्मथलो कतार बनाएका गायक शैलेन्द्र भण्डारीले थुप्रै गितहरु बजारमा ल्याएका छन् ।

पहिलो पटक गायिका आशा कुमारी चन्द (शाही) सगं गायक भण्डारीले दर्शक तथा स्रोताले मन पराएमा अन्य थुप्रै गितहरु ल्याउने बताएका छन् । गायिका आशा कुमारी चन्द शाहीले गित अत्यन्तै मार्मिक भएको भन्दै बास्तविक रुपमा धेरै जनाको जीवनमा मेल खाने र धेरै भन्दा धेरै स्रोताको मन जित्ने बताईन । उनले आगामी सांगितिक यात्रालाई साथ दिन आम स्रोत तथा दर्शकलाई आग्रह गरेकी छिन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...