News Portal

दाङको ग्वारखोलाले बस बगाउँदा गम्भीर घाईते भएका ५ जनालाई कोहोलपुर रेफर

८२३ पटक

दाङ –तुलसीपुर सडक खण्ड अन्तरगत पर्ने दाङको ग्वारखोलाले बस बगाउँदा गम्भीर घाईते भएका ५ जनालाई कोहोलपुर रेफर गरिएको छ । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहोलपुर रेफर गरिएको छ ।

आईतबार साँझ ५ बजेतिर धनगडीबाट तुलसीपुर आउदै गरेको ना ४ ख ८१३६ नम्बरको यात्रुबहाक बस खोलाले बगाउँदा गम्भीर घाईते भएका तुलसीपुर उपमहानगरपालिका २ बालापुर निवासी ४० बर्षका दोर्ण देवकोटा, उनकी श्रीमती ३८ बर्षकी होमा देवकोटा , तुलसीपुर उपमहानगरपालिका –१५ डुरुवा निवासी २२ बर्षकी प्रतिमा पौडेल, सुर्खेत दशरथपुर गाउँपालिका बस्ने २२ बर्षका दिपक दर्लामी, उनकी श्रीमती कृष्ण पौडेललाई थप उपचारका लागि कोहोलपुर रेफर गरिएको हो ।

उनीहरुलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भीक उपचारपछि थप उपचारका कोहोलपुर रेफर गरिएको हो । अन्य घाईतेहरुलाईलाई समान्य उपचार पछि डिस्चार्ज गरिएको छ ।

समान्य घाईतेहरुमा तुलसीपुर ७ वसन्तपुरका मिनबहादुर वली, तुलसीपुर, ८ निवासी ५० बर्षकी बिमाल देवी विक, तुलसीपुर ५, ३८ की द्रौपता परियार, सोही ठाउँकी लक्ष्मी परियार, घोराही १९ बर्षका विजय बुढा, सोही ठाउँकी ५१ ज्योति बुढा , शानितनगर २ बस्नेत ३५ बर्षका खलकुमारी बस्नेत, रुकुम धर्मशाला गाउँपालिका ६५ बर्षकी पुर्ण रोका, कैलाली लागीचुवा नगरपालिका बस्ने १८ बर्षका सुवाश चौधरीरहेका छन् ।

उक्त बसमा १७ जना यात्रु सवार थिए । स्थानीय गाडिहरु सहजै वारपार गरेपनि धनगडिबाट आएकाले सडक कच्वे पत्ता नलगाउँदा खोलाले गाडि बगाएको डिएसपी सापकोटाले बताएको तुलसीपुर अनलाइनमा खबर छ ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...