News Portal

दाङको ग्वारखोलाले बस बगाउँदा गम्भीर घाईते भएका ५ जनालाई कोहोलपुर रेफर

७४३ पटक

दाङ –तुलसीपुर सडक खण्ड अन्तरगत पर्ने दाङको ग्वारखोलाले बस बगाउँदा गम्भीर घाईते भएका ५ जनालाई कोहोलपुर रेफर गरिएको छ । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहोलपुर रेफर गरिएको छ ।

आईतबार साँझ ५ बजेतिर धनगडीबाट तुलसीपुर आउदै गरेको ना ४ ख ८१३६ नम्बरको यात्रुबहाक बस खोलाले बगाउँदा गम्भीर घाईते भएका तुलसीपुर उपमहानगरपालिका २ बालापुर निवासी ४० बर्षका दोर्ण देवकोटा, उनकी श्रीमती ३८ बर्षकी होमा देवकोटा , तुलसीपुर उपमहानगरपालिका –१५ डुरुवा निवासी २२ बर्षकी प्रतिमा पौडेल, सुर्खेत दशरथपुर गाउँपालिका बस्ने २२ बर्षका दिपक दर्लामी, उनकी श्रीमती कृष्ण पौडेललाई थप उपचारका लागि कोहोलपुर रेफर गरिएको हो ।

उनीहरुलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भीक उपचारपछि थप उपचारका कोहोलपुर रेफर गरिएको हो । अन्य घाईतेहरुलाईलाई समान्य उपचार पछि डिस्चार्ज गरिएको छ ।

समान्य घाईतेहरुमा तुलसीपुर ७ वसन्तपुरका मिनबहादुर वली, तुलसीपुर, ८ निवासी ५० बर्षकी बिमाल देवी विक, तुलसीपुर ५, ३८ की द्रौपता परियार, सोही ठाउँकी लक्ष्मी परियार, घोराही १९ बर्षका विजय बुढा, सोही ठाउँकी ५१ ज्योति बुढा , शानितनगर २ बस्नेत ३५ बर्षका खलकुमारी बस्नेत, रुकुम धर्मशाला गाउँपालिका ६५ बर्षकी पुर्ण रोका, कैलाली लागीचुवा नगरपालिका बस्ने १८ बर्षका सुवाश चौधरीरहेका छन् ।

उक्त बसमा १७ जना यात्रु सवार थिए । स्थानीय गाडिहरु सहजै वारपार गरेपनि धनगडिबाट आएकाले सडक कच्वे पत्ता नलगाउँदा खोलाले गाडि बगाएको डिएसपी सापकोटाले बताएको तुलसीपुर अनलाइनमा खबर छ ।

प्रतिकृया दिनुहोस्

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...

नवलपुरकी पूजा परियार १७ महिनापछि युएईबाट स्वदेश फिर्ता

अबुधाबी – वैदेशिक रोजगारीका क्रममा १७ महिना अघि हाउसमेडका रूपमा संयुक्त अरब इमिरेट्स (युएई) पुगेकी...

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...