News Portal

  • सम्पति हडप्न भान्जाले गरे माइजुलाई यस्तो हर्कत (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ४६९ पटक

    लक्ष्मण रसाइली
    काठमाडौँ, २९ माघ : सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नम्बर ६ स्थायी घर भएकी कल्पना बस्नेत खड्का र उनका श्रीमान् दिपक खडकाले सरकारसमक्ष आफ्नो जीवन रक्षाको लागि हार गुहार गरिरहेका छन् ।

    आइतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई आमाजु दिदि–भिनाजु तथा भान्जाहरुबाट पटक–पटक बलात्कारको प्रयास भएको, ज्यान मार्ने धम्की तथा अश्लिल भिडियो र तस्बिरहरु पठाएर वर्षाे देखि यातना दिँदै आएको आरोप लगाएका छन् ।

    कमलाका श्रीमान् दिपक भन्छन ,‘मेरो बुवा हरि बहादुर खड्काको २०६७ सालमा मृत्यु भईसके पछि बुवाको नाममा काठमाडौको सानो भर्याङमा रहेको घर तथा सिन्धुलीमा रहेको जग्गा र घर आफ्नी आमालाई ललाईफकाई दिदिहरुमध्ये माईली निरु कुमारी खड्का थापाले २०७१ सालमा सिन्धुली जिल्ला मालपोत कार्यालयमा आफ्नो नाममा दर्ता गराउनुभयो ।

    आफ्नो मागी बिवाह भएको तथा बिवाहपश्चात् भाई तथा बुहारीले सम्पुर्ण सम्पत्ति खाने भए भन्ने सोचका कारण दिदिहरुले बिवाह भएको छोटा समय देखि नै बिभिन्न आरोप तथा यातना दिनेजस्ता कार्यहरु गरिएको र आफूहरुले सहँदै आएको उनको भनाई रहेको छ ।

    पटक–पटक ज्यान मार्ने उद्देश्यले आफु र आफ्नी श्रीमती माथि कुटपीट भएको पनि उनले आरोप लगाए । उनले भने‘केहि समय अघि मलाई माइला भिनाजुले आफु माथि घर मै आएर आक्रमण गरेर हात समेत भचिदिएको बताए,र ४/५पटक सम्म आफुलाई दिदि भिनाजुबाट आक्रमणबाट ज्यान जाने खतराको मुखबाट बचेको समेत उनले बताए”साथै कमाले भक्कनिदै भनिन “गत हप्ता मा गाउँ गएको थिए त्यसै क्रममा मेरा आमाजु दिदिका छोरा अनिशले मलाइ सार्बजानिक ठाउँ मै यौन दुर्ब्यबहार र ज्यान लिने गरि आक्रमण गरे, म्यासेज अश्लिल सामाग्रीले सार्है यातना दिने अनिशले मलाइ गाउँ गएको बेला जसरी म्यासेजमा दिने यातना ब्यबहार मै देखाए,र उनले रुदै भनिन मेरो संबेदनशील अंग छुने तथा बलात्कारको प्रयासजस्ता यथेष्ठ प्रमाण हुदाहुदै पनि प्रहरी प्रशासनले पहिला घट्नाको बारेमा कुनै जानकारी लिन मानेन र पछि जिल्ला प्रहरी कार्यालयको परिसरभित्रै धर्ना बसेको तीन दिनपश्चात् प्रहरीले जाहेरी दर्तासम्म गरेको थियो ।

    भान्जा तथा भिनाजुहरुले आफूलाई नाङगो फोटो पठाउने गरेको र आफूलाई बलात्कार गरेर लाशपनि नभेटाउने ठाँउमा फाल्नेजस्ता कुरा लेखेर पठाउने गरेका पनि उनले सुनाईन् । उनले भनिन्,‘तेरो बुवालाई पनि मारियो के गर्न सकिस ? अब मर्ने पालो तेरो हो भनेर धम्काउनेजस्ता गतिबिधि बढेकाले सरकारसमक्ष प्राण रक्षासहितको आशामा आफु संञ्चार माध्यममा बाध्य भएर आउनु परेको हो ।

    आफु न्यायको लागि राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला अधिकार आयोग, महिला पुनःस्थापना केन्द्र (ओरेक), ‘ल्याक’, प्रहरी प्रधान कार्यालय, क्षेत्रिय प्रहरी कार्यालय हेटौंडा, अञ्चल प्रहरी कार्यालय जनकपुर र बिभिन्न मन्त्रालयपनि धाईसकेको उनको भनाई छ । प्रहरीले प्रतिबादीलाई पक्राउ गर्दा भोलि उ छुटेर जाँदा तपाईहरुलाई नै अप्ठेरो पर्न जानसक्ने हुने भएका कारण घट्नालाई मिलापत्र गर्न मात्र सुझाउने गरेको पनि कल्पनाको भनाई रहेको छ ।

    उनले आफ्नो बुवाको हत्यामा पनि थापा परिवारको संलग्नता रहेको गम्भिर आरोप लगाएकी छिन । उनले भनिन्,‘अहिले त उनीहरुले मेरो पनि बुवाको जस्तै हालत बनाई दिने धाक दिने गरेका छन् ।आफुलाई बिच सडकमा भान्जा अनिशले बलात्कारको प्रयास गर्दे ज्यान मार्ने मनशायले कुटपिट गरेर शक्त घाईते बनाउँदा पनि प्रहरी र स्थानीय सरकारले अपराधीलाई समातेर कानुनी दायरामा नल्याएको आरोप लगाईन् । उनले निज भान्जा अनिश थापा र उनको ठुलो बुवा अर्जुन थापा, हजुरबुवा बोधन बहादुर थापा लगायतले तेरो प्रहरीले के गर्यो ? हामीले चाह्यौँ भने तँलाई कुटपिट मात्र त के ? बलात्कारपछि हत्या गरेर तेरो लाशसहित नभेटाउने ठाँउमा फालिदिने भनेर छाती फुलाउँदै खुल्ला रुपले हिँडिरहेको समेत पनि बताईन् ।

    अझै कल्पनाका श्रीमान दिपक खड्काले आफुहरुले लामो समय देखि मानसिक तथा शारिरिक यातना भोग्दै आएको सुनाए । ‘म र मेरी श्रीमतीमाथि भौतिक आक्रमण भएको र आफ्न्तहरुबाट नै ज्यान मार्ने प्रयास भैरहेको छ ।’–उनले भने,‘हामी त अहिले त्रासको वातावरणमा बाँचिरहेका छौं। राजनैतिक शक्ति र पैसाको आडमा आफ्ना दिदि–भिनाजुहरुले आफुलाई मार्न खोजेको उनको भनाई छ । आफुले छोरोको हैसियतबाट पाउनुपर्ने अंशको लागि जिल्ला अदालत सिन्धुलीमा २०७१ सालमा हकदाबीको मुद्धा दायर गरेको पनि उनले जनाए ।

    बाकि कल्पना बस्नेत र उनका श्रीमान दिपक खडका संग गरिएको कुराकानी जस्ताको त्यस्तै हेर्न यहाँ क्लिक गर्नुहोस् ।

    https://youtu.be/KNCicfZlvi0

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २१ गतेको राशिफल

    आज असार २१, २०८२ (जुलाई ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...