News Portal

३ मन्त्री थपिए, मन्त्रिपरिषद अब २५ सदस्यीय

हिमाली संचार संवाददाता
६४३ पटक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाल, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्याल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा. सुरेन्द्र यादवलाई नियुक्त गरेका हुन् ।

नवनियुक्त तीनैजना मन्त्रीले शुक्रबार नै सपथ लिएका छन् । यो सँगै मन्त्रिपरिषद २५ सदस्यीय भएको छ । संविधानमा मन्त्रिपरिषदको संख्या बढीमा २५ सदस्यीय हुने कानुनी व्यवस्था छ । ढकाल र अर्याल नेपाल कम्युनिस्ट पार्टीका हुन् भने यादव संघीय समाजवादी फोरमका हुन् ।

बंगलादेशमा पढ्ने नेपाली छात्राबारे विवादास्पद अभिव्यक्ति दिएपछि साउन ८ गते तत्कालिन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि उक्त मन्त्रालय मन्त्रिविहीन थियो । प्रधानमन्त्री ओलीले कानुन मन्त्रालयको जिम्मेवारी मोरङ क्षेत्र नं ३ बाट निर्वाचित ढकाललाई दिएका हुन् ।

त्यस्तै भूमि व्यवस्था मन्त्री अर्याल यसअघि मन्त्रिपरिषदमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री थिइन् । सरकारले कृषि तथा भूमि व्यवस्था मन्त्रालयलाई फुटाएर भूम् व्यवस्था छुट्टै मन्त्रालय बनाई अर्याललाई जिम्मा दिइएको हो ।

शुक्रबार राष्ट्रपति कार्यालयमा सपथ लिएपछि नवनियुक्त मन्त्रीहरुले आजै पदभारसमेत ग्रहण गरेका छन् ।

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...