News Portal

३ मन्त्री थपिए, मन्त्रिपरिषद अब २५ सदस्यीय

हिमाली संचार संवाददाता
६६९ पटक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाल, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्याल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा. सुरेन्द्र यादवलाई नियुक्त गरेका हुन् ।

नवनियुक्त तीनैजना मन्त्रीले शुक्रबार नै सपथ लिएका छन् । यो सँगै मन्त्रिपरिषद २५ सदस्यीय भएको छ । संविधानमा मन्त्रिपरिषदको संख्या बढीमा २५ सदस्यीय हुने कानुनी व्यवस्था छ । ढकाल र अर्याल नेपाल कम्युनिस्ट पार्टीका हुन् भने यादव संघीय समाजवादी फोरमका हुन् ।

बंगलादेशमा पढ्ने नेपाली छात्राबारे विवादास्पद अभिव्यक्ति दिएपछि साउन ८ गते तत्कालिन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि उक्त मन्त्रालय मन्त्रिविहीन थियो । प्रधानमन्त्री ओलीले कानुन मन्त्रालयको जिम्मेवारी मोरङ क्षेत्र नं ३ बाट निर्वाचित ढकाललाई दिएका हुन् ।

त्यस्तै भूमि व्यवस्था मन्त्री अर्याल यसअघि मन्त्रिपरिषदमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री थिइन् । सरकारले कृषि तथा भूमि व्यवस्था मन्त्रालयलाई फुटाएर भूम् व्यवस्था छुट्टै मन्त्रालय बनाई अर्याललाई जिम्मा दिइएको हो ।

शुक्रबार राष्ट्रपति कार्यालयमा सपथ लिएपछि नवनियुक्त मन्त्रीहरुले आजै पदभारसमेत ग्रहण गरेका छन् ।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...