News Portal

गोमा कोइराला र कमल दुलालको “आँखै नसालु” बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
४४१ पटक

राजु बोहरा/काठमाडौँ : नेपाली गीत संगीतका अनुरागीहरुका लागि फरक-फरक सांगीतिक स्वाद बजारमा आउने क्रममा पछिल्लो पटक गोमा कोइराला र कमल दुलालको संयुक्त प्रस्तुति “आँखै नसालु” बोलको गीत पनि बजारमा आएको छ । बिशेष गरेर २० बर्ष वरिपरीका युवा युवतीमा हुने बैंशको उन्मादलाई केन्द्रित गर्दै तयार पारिएको यस गीतमा गोमा कोइराला र कमल दुलालको सुमधूर स्वर सुन्न सकिन्छ ।

गायिका गोमा कोइरालाले यस भन्दा अगी पनि २ वटा सांगीतिक कोसेली बजारमा ल्याइसकेकी छिन् । यिनै गीतहरुको चौतर्फी सफलता पछी उनको र कमल दुलालको यो तेश्रो प्रस्तुतिको हो । योवनको समयमा जे र जस्तो देखे पनि मोहित हुने रोमान्चक यस गीतको प्रेम भावलाई भारत गजुलेलले कोरेका हुन् भने लय गायिका गोमा कोइराला स्वयम् को रहेको छ ।

गोर्खा चौतारी म्युजिक प्रालि मार्फत सार्बजनिक गरिएको यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा सन्जिब ठकुरी र रिना थापाको उत्कृष्ट अभिनय देख्न सकिन्छ । नारायण मगर द्वारा निर्देशित भिडियोलाई छायांकन एकान्त मगरले गरेका हुन् भने सम्पादन निर्देशक स्वयम् नारायण मगरले गरेका छन् । हामी यस गीत संग समबन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...