News Portal

तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष सरकारी रकम दुरुपयोग गर्दै, श्रीमतीकै नाममा गाँउपालिकाको नामाकरण !

हिमाली संचार संवाददाता
१९६३ पटक

रोल्पा – सरकारी खर्चमा रमाउदै बुटवल, पोखरा हुदै राजधानी पुगे, रोल्पाका गाउँपालिका अध्यक्ष बीरबहादुर केसी, स्थानीय तह बनेपछि गाउँ, गाउँमा बिकास भन्दापनि भ्रष्टचार मौलाएको धेरै तथ्यहरु छन् ।

स्थानीय तहका प्रमुख, उपप्रमुखले आफु खुसि बजेट बिनियोजन गर्दै कार्यक्रता पाल्ने थलो समेत बनाएको प्रष्टै छ । यतिबेला अन्य गाउँपालिका अध्यक्षहरु सरकारी बजेट जोगाउने र गाउँको बिकास गर्ने सोचिरहेका छन् । उनीहरुले सकेसम्म अनाबश्यक बजेट बाँडेका छैनन् । तर रोल्पाको सुकिदह गाउँपालिका अध्यक्ष बीर बहादुर केसीका समाचार सुनेर आजकाल पाठक तथा गाउँबासी नै आजित बनेका छन् । उनी निकै बिबादित गाउँपालिका अध्यक्ष हुन् ।

श्रीमतीको नाममा गाउँपालिको नाम राख्ने सायद उनी नेपालकै नमुना जनप्रतिनिधि होलान् रु रक्सी खाएर उपप्रमुखसंग झगडा गर्दा कार्यालयका सामान तोडफोड् गर्ने पनि यीनै गाउँपालिका अध्यक्ष हुन् । अध्यक्ष भएपछि बीरबहादुरले डोजर समेत किने ।

अध्यक्ष बीर बहादुर यतिबेला उपप्रमुख रिता घर्ती सहित उनी निकटका वडाध्यक्ष बोकेर घुमघाम गर्न मस्त छन् । बीर बहादुर गाउँबाट घुमघाम गदै पोखरा ४ दिनमा पुगे । उनी पोखरा घुमेको फोटो उनका समाचार सहयोगी असोक ओलीले सामाजिक सञ्जालमा सार्बजनिक गरेको छन।

गाउँपालिकाकै खर्चमा बुटवल, पोखरा हुदै ६ दिनका काठमाण्डौ पुगेको स्रोतको दाबी छ । उनी सहित उपाध्यक्ष पनि घुम्न निस्कीएपछि, सेवाग्राही भने मर्कामा छन् । काम काठमाण्डौ थियो भने किन, पोखरा जानुपर्यो गाउँपालिकाका एक कर्मचारीले बताए । के गर्ने खर्च गरेको भनेपछि पैसा दिनैपर्यो उनी भन्छन् ।

गाउँपालिका अध्यक्षले पिए राख्ने ब्यबस्था छैन । तरपनि बीर बहादुरले २ जना पिए राखेको चर्चा यतिबेला सुकिदहमा सुरु भएको छ । उनि तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष हुन। भिजनखबरले समाचार लेखेको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...