News Portal

सुनिताको ‘राजा’ बने पत्रकार शाही (भिडियो सहित)

हिमाली संचार संवाददाता
८४७ पटक

काठमाडौँ । एक दशकदेखि पत्रकारितामा सक्रिय रामकुमार शाही (क्षितिज समर्पण)ले अभिनयमा पनि पाइला चालेका छन् । उनले अभिनय गरेको तीज गीत ‘क्यारम मायालाई’को म्युजिक भिडियो बिहीबार मात्र सार्वजनिक भएको छ ।

साहित्य लेखनमा पनि सक्रिय जाजरकोटका पत्रकार शाहीको यो पहिलो म्युजिक भिडियो हो । उनी अहिले काठमाडौँमा बसेर पत्रकारिता गरिरहेका छन् । उनका आगोका फूलहरु–२०६७, कैफियत (संयुक्त)–२०७० गरि दुईवटा गजलसंग्रह पनि प्रकाशित छन् ।

शाहीले लोकप्रिय गायिका सुनिता अधिकारीको गीतमा अभिनय गरेका हुन् । उनलाई अभिनयमा गायिका अधिकारीले पनि साथ दिएकी छन् । शाही सुनिताको श्रीमानको भूमिकामा छन् । शाहीले यसअघि रेडियो नाटक तथा सडक नाटक पनि गर्दै आएका थिए । पानको मिसीको सफलतापछि सुनिताले आफ्नो आठौं गीतका रुपमा क्यारम् मायालाई बोलको तीज गीत बजारमा ल्याएकी हुन् ।

शिव हमालको लय/शब्द र रहेको गीतको चर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डेले निर्देशन गरेका हुन् भने चर्चित निर्देशक तथा कोरियोग्राफर प्रकाश भट्टले करियोग्राफी गरेका छन् । जुन निकै आकर्षक देखिन्छ ।

यसैगरी, राजेश घिमिरे, पुकार तिमिल्सिना र रामेश्वर ढकालले क्यामरामा जादु चलाएका छन् । गीतको अडियो तथा भिडियो साइन मिडिया प्रालिले गरेको हो भने दृश्य निर्माण साइ भिजन प्रालिले गरेको हो । गीतको सम्पादन विष्णु शर्मा र संगीत संयोजन कृष्ण विकले गरेका छन् ।

हेर्नुहोस उक्त गीतको पुरा भिडियो।

https://m.youtube.com/watch?feature=share&v=HkQERGCplIE

प्रतिकृया दिनुहोस्

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...