News Portal

  • सिर्जु अधिकारी र बिक्रम परियारको स्वरमा “आकाश धर्ति जुनको” सार्बजनिक (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ६२३ पटक

    राजु बोहरा/काठमाडौँ : नेपाली लोक होस् अथवा पप तथा आधुनिक, सबै किसिमको गीतको गायन विधाबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका सिर्जु अधिकारी हिजो आज निकै ब्यस्त रहेकी छिन् । उनि अहिले पनि बिभिन्न देश तथा विदेशका स्टेज कार्यक्रमहरुमा ब्यस्त रहेकी छिन् । आफु ब्यस्त रहेपनि सिर्जुले नेपाली गीत संगीतका अनुरागीहरु माझ फरक-फरक स्वादका सांगीतिक कोसेलीहरु बजारमा ल्याइरहेकी छिन् ।

    उनले केहि समय अगाडी मात्रै “ब्याण्ड बाजा” नामक सांगीतिक कोसेली आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक गरेर अशंख्य दर्शकहरुको मन जितिसकेकी छिन् । यस भन्दा पहिले पनि धेरै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मनमा बस्न सफल सिर्जुले फेरी अर्को गीत बजारमा ल्याएकी छिन् । उक्त गीत “आकाश धर्ति जुनको” बोलको रहेको छ । सिर्जु अधिकारी र बिक्रम परियारको सुमधुर स्वर द्वारा सुसजित यस गीतलाई शब्द संगीत कृष्ण राजा बाबुले भरेका छन् ।

    गायिका सिर्जुले सम्पूर्ण संगीत पारखीहरु माझ मेरा पहिलेका सांगीतिक कोसेली जस्तै यस गीतलाई पनि मन परेको खण्डमा प्रक्रिया र शेयर गरिदिनु हुन् अनुरोध गरेकी छिन् । गायन विधामा मात्र नभई मोडलिंग विधाबाट पनि आफ्नो उच्च पहिचान बनाएकी उनको यो पछिल्लो गीत “आकाश धर्ति जुनको” बोलको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक ढंगले तयार पारिएको छ ।

    भिडियोमा कृष्ण राजा बाबु संग सिर्जु स्वयम् देखिएकी छिन् । यस गीतको म्युजिक भिडियोलाई निर्दीशन शंकर बि.सी ले गरेका हुन् भने छायांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरले गरेका छन् । हामी गायिका तथा मोडल सिर्जु अधिकारीको थप सफल सांगीतिक यात्राको शुभकामना ब्यक्त गर्दछौं ।

    भिडियो हेर्न तल क्लिक गर्नु होला ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ९ गतेको राशिफल

    आज मंसिर ९, २०८२ (नोभेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर आगामी १२ डिसेम्बरमा सञ्चालन हुने

    कुवेत -कुवेतस्थित नेपाली राजदूतावासले मेट्रो मेडिकल ग्रुपको सहकार्यमा कुवेतमा बसोबास गर्दै आएका नेपालीहरूको लागि निःशुल्क...

    रास्वपा काठमाडौं सभापति प्रदीप बिष्टले राजीनामा फिर्ता लिए

    काठमाडौं, मंसिर ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौंका जिल्ला सभापति प्रदीप बिष्टले सोमबार आफ्नो...

    जेन्जी मुभमेन्ट नेपालले भन्यो: सुशीला कार्की नेतृत्वको सरकारको वैधता समाप्त

    काठमाडौँ, मंसिर ८ — सुशीला कार्की नेतृत्वको सरकारमाथि गम्भीर भ्रष्टाचार, दुराचार र संवैधानिक अतिक्रमणका आरोप...

    सिंहदरबार प्रवेश अवरुद्ध भएपछि जेन–जी समूहले दक्षिण गेटमै टाँसे मागपत्र

    काठमाडौं, मंसिर ८ – प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउन तयार भएर सिंहदरबार पुगेका जेन–जीका २१ समूहका...