News Portal

दिनेश रन्जन परदेश पसेपछि जुन श्रीष मगरको बाटो खुल्यो (भिडियो सहित)

हिमाली संचार संवाददाता
६२३ पटक

राजु बोहरा/काठमाडौँ : युवा स्वरोजगारको सुव्यवस्था स्वदेशमा नहुँदा कयौं नेपालीहरु पछिल्लो समय पर्देसिन बाध्य बनिरहेका छन् । यसरी पर्देशिदा आफ्नो आमाको उद्रिएको चोली र बाबाको फाटेको टोपी फेरिदिने ठुलो चाहना हुने गर्दछ । यो मात्र नभई आफ्नो लालाबाला लाई उच्च सिक्षा दिन र आफ्नो अर्धांगिनीको अन्यकौं चाहनाहरुमा मलम लगाउने पनि ठुलै चाहना हुने गर्दछ । तर यसरी परदेश पसेपछी पूर्ण घर सम्हाल्ने आफ्नी अर्धांगिनीले बल्ल बाटो खुलेको महसुस गर्दै अर्को छुट्टै स्वर्णिम संसारमा रमाउन पुगेको घटना पनि हाम्रो समाजमा देखिंदै आइएको छ ।

हो यस्तै पेरिफेरीमा एक सामाजिक यथार्थता संग सम्बन्धित गीत “पापिनिलाई बाटो खुलेछ” भर्खरै बजारमा आएको छ । दिनेश रन्जनको प्रस्तुतिमा रहेको यस गीतलाई लय गायक स्वयम् दिनेश रन्जनले भरेका हुन् भने शब्द रमेश बि.जी को रहेको छ । दिनेश रन्जन र जुना श्रीष मगरको सुमधुर स्वर रहेको यस गीतको म्युजिक भिडियो पनि सामाजिक यथार्थतालाई छर्लंग हुने गरेर तयार पारिएको छ ।

भिडियोमा कमल भुसाल “चंचल” दिपक थापा र दिब्य खनालको अभिनय देख्न सकिन्छ । यो मात्र नभई यस गीतको म्युजिक भिडियोलाई बाल कलाकार अर्बिन थापा, संदेश भुसाल, झरना भुसाल र दिपक भुसालको अभिनय अझै जिबन्तता दिएको छ । भिडियोलाई निर्देशन दिपक थापाले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन टेकेन्द्र शाहले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई संदेश क्रियसन प्रालिले बजार व्यवस्थापन गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

https://youtu.be/7_LSMNaM4To

प्रतिकृया दिनुहोस्

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...