News Portal

घर त लेले हो, बैगुनीलाई गुन केले हो भन्दै कलाकार मौलिक रसमा यसरी रमाए (भिडियो सहित)

हिमाली संचार संवाददाता
६१९ पटक

राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा एक पछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतहरु बजारमा आइरहंदा पछिल्लो पटक भोजराज काफ्लेको अर्को फरक सांगीतिक कोसेली “घर त लेले हो” बोलको गीत पनि भर्खरै सार्बजनिक भएको छ । बिगत लामो समय यता लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल रहेका भोजराज, आफ्नो जन्म थलो सिन्धुलीको सान बन्दै अहिले सम्म सयौं गीतहरुमा आफ्नो स्वर भरिसकेका छन् ।

आफ्नै कला संस्कृति र मौलिकलाई ध्यानमा राख्दै तयार भएको यस गीतमा गायक भोजराज काफ्लेको साथमा आकृति श्रेष्ठको सुमधुर स्वर मिश्रण भएको छ । बिशेष गरी आफुले माया गरेको मान्छेलाई कसैको कुदृष्टि लागेको पछिको वियोगान्त प्रेम भावमा तयार भएको यस गीतलाई लय तथा शब्द सिर्जना पनि गायक भोजराज काफ्लेले नै तयार पारेका हुन् ।

निकै घत लाग्दो ढंगबाट तयार पारिएको यस गीतको म्युजिक भिडियोमा जिबन दाहाल, मेनुका संजेल, मेलिना ठकुरी, अजित अधिकारी, बद्रि दुलाल, बिबेक दुलाल, राजन चौलागाईं र बिबेक चौलागाईको अभिनय रहेको छ । भिडियोलाई निर्देशन पनि गायक भोजराज काफ्लेले नै गरेका हुन् भने छायांकन रेशम दर्लामी र सम्पादन प्रदिप दाहालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...