News Portal

नेपालगन्जमा पृथ्वी जयन्ती यसरी मनाईयो (फोटो फिचर)

हिमाली संचार संवाददाता
८४९ पटक

नेपालगन्ज : रास्ट्रपिता पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुक्रबार नेपालगन्जमा ठकुरी सहयोग सञ्जाल बाँके र ठकुरी पत्रकार समाज नेपालले र्‍यालीको आयोजना गरेको छ ।

बिपि चोकबाट शुरु भएको र्‍याली धम्बोझी चोकमा गएर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा नेपालगन्जका राजनितिक दल, कानून व्यवसायी, पत्रकार, विद्यार्थी, उद्योगी व्यापारी लगायत नागरिक समाजको उल्लेख्य सहभागीता रहेको थियो ।

र्‍याली पछि भएको कोणसभालाई सम्बोधन गर्दै ठकुरी सहयोग संजाल प्रदेश ६ का प्रमुख देब बहादुर शाहीले पृथ्वीनारायण शाहको योगदानको बारेमा बताउनुभयो । साथै बाँके र बर्दियालाई ठकुरी सहयोग संजालको पहलमा कर्णाली प्रदेशमा समायोजन गर्नको लागि आव्हान गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै आफ्नो मन्तव्य राख्दै ठकुरी सहयोग संजाल प्रदेश ५ का प्रमुख संयोग जंग शाहले नेपालको एकीकरण गरि आधुनिक नेपालका निर्माता राष्ट्रपिता पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर यो भब्य कार्यक्रम इतिहासिक नगरी नेपालगन्जमा मनाउन पाउँदा गर्वको महसुस गरेको बताउनुभयो ।

देशले अहिले पनि राष्ट्रपिता पृथ्वीनारायण शाहको अभाव महसुस गर्दै छ, देशमा सृजित भ्रस्टाचार, हत्याहिंसा अनि न्यायको खोजिले त्यो प्रमाणित गर्छ र राष्ट्रपिता पृथ्वीनारायण शाहले देखाएको बाटोमा देश चल्नुको बिकल्प नरहेको र पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाइ सरकारले मान्यता दिएर सरकारी स्तर देखिनै भब्य रुपमा मनाउनु पर्ने र यदि सरकारले त्यसो नगरे ठकुरी सहयोग संजालले देशब्यापी आन्दोलन गर्ने समेत बताउनुभयो ।

साथै पृथ्वी जयन्तिको दिन ठकुरी सहयोग संजाल बाँके र ठकुरी पत्रकार समाज नेपालले सयुक्त रूपमा गरिएको थियो उक्त कार्यक्रममा ५०० जना भन्दा बढी जनमानसको सहभागिता थियो र पृथ्वी जयन्तीको अवसरमा नेत्रहिनलाई भोजन समेत गराइएको छ ।

थप तस्वीरहरु :

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...