News Portal

सल्यानको बन्गाड खोलामा वाढि आएपछि यातायातका साधान विचबाटो मै अलपत्र

हिमाली संचार संवाददाता
१३९२ पटक

दुर्गा वि.सी.
सल्लीबजार – छिन्चु जाजरकोट सडक खण्डको बन्गाड खोलामा आएको वाढिका कारण उक्त सडक खण्डमा बुधबार विहानै देखि आवतजावत ठप्प छ । बनगाड कुपिण्डेको सल्लीवजारमा बुधबार विहानै देखि यातायातका साधानमा सवार यात्रुहरु अलपत्र परेका छन् । खोलामा वाढि आएपछि केही सवारी खोला पार गर्दा  खोलामै फसे पछि नगरपालीकाको डोजरले उद्धार गरेको छ ।

काठमाण्डौ,नोपलगञ्ज,सुर्खेत हुदै विभिन्न स्थानबाट आतवजावतको लागि हिडेका गाडिहरु खोलाका कारण गन्तव्यमा पुग्न नसकेको इलाका प्रहरी कार्यलय सल्लीवजार जनाएको छ । सयौ सवारी साधानसँगै यात्रुहरु अलपत्र परेका छन् । बन्गाड खोलामा समयमा पुल नवन्दा नागरिकले सास्ती खेपिरहेका छन् । पुलको जिम्मा पाएको आशिस निर्माण सेवाले समयमा काम प्रति तदारुकता नदेखाउनले वर्षातमा आवत जावतमा कठिनाई परेको छ ।

त्यसै गरि सल्लीवजार देखि रुकुम चौरजहारी सडक खण्डको नाथेखोलामा पनि निर्माणधिन पक्की पुलको कामको जिम्मा लगेका ठेकेदार भागे पछि सवारी साधान आवत जावत ठप्प रहेको छ । नाथैखोलामै निर्माणधिन कल्वर्टको काम समेत ठेकेदारले अलपत्र पारेर भागेको स्थानीयले वताए । निर्माणधिन पक्की पुलसँगै अर्को खोलामा कल्वर्ट निर्माण नभए पछि सवै यातायातका साधान खोलामा फसेका छन् । वर्षातमा आधा काम गरेर निर्माण व्यवसायी भाग्नले समस्या आईपरेको स्थानीयको गुनासो छ ।

२ दिन देखि परेको अविरल वर्षाका कारण दुवै राजमार्ग बन्द भएका छन् । बन्गाड कुपिण्डेको अन्य ग्रामिण सवै सडकहरु भने पहिले नै वन्द भएका छन् । नगरका नयाँ खनेका प्रायः सवै ग्रामिण सडकहरु पुर्णरुपले वन्द छन् ।

प्रतिकृया दिनुहोस्

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...