News Portal

२२ बर्षीय एक्लो छोरा गुमाएका चौधरी दम्पतीको सहारा बने डा.शर्मा

हिमाली संचार संवाददाता
८९८ पटक

रबिन्द्र बराल
पुस २२ मोरङ : धुले सडक किनारामा बाँसको टाटीले बेरिएको थोत्रे झुपडी । बाहिरबाट भित्र प्रष्ट देखिने गरी भताभुङ्ग भएको टाटीको वेरा माथि सिधै आकास देखिने छिया–छिया भएको खरको छानो । झट्ट हेर्दा बाख्राको अव्यवस्थित खोर झै लाग्ने यही झुपडीमा कष्टपूर्ण गुजारा चलाईरहेका बेसहारा बृद्ध दम्पतीको व्यथा कहाली लाग्दो छ ।

मोरङको बेलवारी–४ सखुवाटोलीका ७३ बर्षीय परु र ७० बर्षीया बुधुनी चौधरीलाई गरिविको चरम पीडा त छदै थियो त्यसमाथि दसा पनि थपिएपछि उनीहरुको केहि सिप लागेन । २२ बर्षीय एक्लो छोरालाई तीन बर्ष अघि गुमाएकी बुधुनीको हिड्ने क्रममा लडेर खुट्टा भाचियो । दुईछाक टार्न हम्मेहम्मे भईरहेको अवस्थामा भाचिएको खुट्टाको उपचार गर्न सक्ने अवस्था नै थिएन । उपचार गर्न नसकेर खुट्टाको पीडा बढ्दै गएपछि बुधुनीलाई आफ्नै खुट्टा घाडो हुने मात्र नभई त्यहि खुट्टाको पीडाले ज्यान नै जान्छकी जस्तो भयो । तर, यहि अवस्थामा नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले उनीहरुलाई साथ दिएपछि चौधरी दम्पतीको यो पीडामा मलम लागेको छ ।

खुट्टा भाचिएपछि ओछ्यानमै थला परेकी बुधुनीे उपचार नपाएर यत्तिकै मर्ने भए भनेर निरास थिईन् । ‘अब यत्तिकै कुहिएर मर्छु जस्तो लागेको थियो ।’ आँखाभरी आँसु पार्दै बुधुनीले भनिन् ‘कहाँबाट सुनिल सर भगवान बनेर आईदिनुभयो र बाँचे ।’ असहाय र बिपन्न बिरामीलाई सहयोग गर्दै आएका समाजसेवी डा.शर्माले झुपडीमै पुगेर उपचारका लागि बुधुनीलाई नोबेल अस्पताल ल्याएका हुन् । स्थानीय राजकुमार लिम्बु, चन्द्र लिम्बु लगायतले उनीहरुको अवस्था बताएपछि डा.शर्मा उद्धार गर्न चौधरीको घरमै पुगेका थिए ।

डा.शर्माले नोबेल अस्पतालमा २२ दिनसम्म राखेर बुधुनीको भाचिएको खुट्टाको उपचार गराए । उपचारका क्रममा लाग्ने सबै खर्च, औषधि र बृद्धबृद्धा दुबैलाई खाना तथा खाजा पनि डा.शर्माले नै दिएका थिए । उपचारपछि खुट्टा ठिक भएर बुधुनी अहिले घर फर्किएकी छन् । उपचारका क्रममा पटक–पटक विरामीको अवस्था बुझ्न पुगेका डा.शर्मा उनीहरु घर फर्किएपछि पनि हेरचारका लागि घरमै पुगे ।

समस्यामा पर्दा सहयोग गर्नु मानवीय कर्तव्य भएकाले सहयोग गरेको डा.शर्माले बताए । ‘आर्थिक अभावले समस्यामा परेका वास्तविक विपन्न विरामीलाई सहयोग गर्दै आएको छु ।’ उनी भन्छन् ‘बृद्ध आमा बुवाको पनि धेरै बिजोक देखेर सघाएको हुँ ।’ बृद्ध अवस्थाका चौधरी दम्पतीलाई साथ दिने अरु कोहि छैनन् । २२ बर्षको एक्लो छोराको पनि मृत्यु भएपछि उनीहरु बेसहारा छन् ।

सक्दा अरुलाई काम सघाएर खानाको जोहो गर्छन् । नसके अरुसँग मागेर जीविका चलाउँछन् । दुवै उपाय नमिल्दा धेरै दिन भोक–भोकै तड्पिने गरेको बृद्ध परुले सुनाए । ‘न त पौरख गरेर खान नै सक्छौ । ‘न गरिखान सकिन्छ, न त मरिजान नै, बिजोक छ दुखेसो पोख्दै उनले भने।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...