News Portal

२२ बर्षीय एक्लो छोरा गुमाएका चौधरी दम्पतीको सहारा बने डा.शर्मा

हिमाली संचार संवाददाता
७७२ पटक

रबिन्द्र बराल
पुस २२ मोरङ : धुले सडक किनारामा बाँसको टाटीले बेरिएको थोत्रे झुपडी । बाहिरबाट भित्र प्रष्ट देखिने गरी भताभुङ्ग भएको टाटीको वेरा माथि सिधै आकास देखिने छिया–छिया भएको खरको छानो । झट्ट हेर्दा बाख्राको अव्यवस्थित खोर झै लाग्ने यही झुपडीमा कष्टपूर्ण गुजारा चलाईरहेका बेसहारा बृद्ध दम्पतीको व्यथा कहाली लाग्दो छ ।

मोरङको बेलवारी–४ सखुवाटोलीका ७३ बर्षीय परु र ७० बर्षीया बुधुनी चौधरीलाई गरिविको चरम पीडा त छदै थियो त्यसमाथि दसा पनि थपिएपछि उनीहरुको केहि सिप लागेन । २२ बर्षीय एक्लो छोरालाई तीन बर्ष अघि गुमाएकी बुधुनीको हिड्ने क्रममा लडेर खुट्टा भाचियो । दुईछाक टार्न हम्मेहम्मे भईरहेको अवस्थामा भाचिएको खुट्टाको उपचार गर्न सक्ने अवस्था नै थिएन । उपचार गर्न नसकेर खुट्टाको पीडा बढ्दै गएपछि बुधुनीलाई आफ्नै खुट्टा घाडो हुने मात्र नभई त्यहि खुट्टाको पीडाले ज्यान नै जान्छकी जस्तो भयो । तर, यहि अवस्थामा नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले उनीहरुलाई साथ दिएपछि चौधरी दम्पतीको यो पीडामा मलम लागेको छ ।

खुट्टा भाचिएपछि ओछ्यानमै थला परेकी बुधुनीे उपचार नपाएर यत्तिकै मर्ने भए भनेर निरास थिईन् । ‘अब यत्तिकै कुहिएर मर्छु जस्तो लागेको थियो ।’ आँखाभरी आँसु पार्दै बुधुनीले भनिन् ‘कहाँबाट सुनिल सर भगवान बनेर आईदिनुभयो र बाँचे ।’ असहाय र बिपन्न बिरामीलाई सहयोग गर्दै आएका समाजसेवी डा.शर्माले झुपडीमै पुगेर उपचारका लागि बुधुनीलाई नोबेल अस्पताल ल्याएका हुन् । स्थानीय राजकुमार लिम्बु, चन्द्र लिम्बु लगायतले उनीहरुको अवस्था बताएपछि डा.शर्मा उद्धार गर्न चौधरीको घरमै पुगेका थिए ।

डा.शर्माले नोबेल अस्पतालमा २२ दिनसम्म राखेर बुधुनीको भाचिएको खुट्टाको उपचार गराए । उपचारका क्रममा लाग्ने सबै खर्च, औषधि र बृद्धबृद्धा दुबैलाई खाना तथा खाजा पनि डा.शर्माले नै दिएका थिए । उपचारपछि खुट्टा ठिक भएर बुधुनी अहिले घर फर्किएकी छन् । उपचारका क्रममा पटक–पटक विरामीको अवस्था बुझ्न पुगेका डा.शर्मा उनीहरु घर फर्किएपछि पनि हेरचारका लागि घरमै पुगे ।

समस्यामा पर्दा सहयोग गर्नु मानवीय कर्तव्य भएकाले सहयोग गरेको डा.शर्माले बताए । ‘आर्थिक अभावले समस्यामा परेका वास्तविक विपन्न विरामीलाई सहयोग गर्दै आएको छु ।’ उनी भन्छन् ‘बृद्ध आमा बुवाको पनि धेरै बिजोक देखेर सघाएको हुँ ।’ बृद्ध अवस्थाका चौधरी दम्पतीलाई साथ दिने अरु कोहि छैनन् । २२ बर्षको एक्लो छोराको पनि मृत्यु भएपछि उनीहरु बेसहारा छन् ।

सक्दा अरुलाई काम सघाएर खानाको जोहो गर्छन् । नसके अरुसँग मागेर जीविका चलाउँछन् । दुवै उपाय नमिल्दा धेरै दिन भोक–भोकै तड्पिने गरेको बृद्ध परुले सुनाए । ‘न त पौरख गरेर खान नै सक्छौ । ‘न गरिखान सकिन्छ, न त मरिजान नै, बिजोक छ दुखेसो पोख्दै उनले भने।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...