News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • कार्यालय समयमा हुदैनन कर्मचारी, वेवसाइट कहाँ खुल्छ बेखबर कर्मचारी (भिडियो)

    हिमाली संचार संवाददाता
    ४९७ पटक

    लक्ष्मण रसाइली
    जाजरकोट : जाजरकोट जिल्ला शिक्षा कार्यालयलाई आफ्नो काम प्रभावकारी बनाउन र सेवाबारे आम नागरिकलाई जानकारी दिन निर्माण गरिएको वेवसाइट के कस्तो अवस्थामा छ भन्ने थाहा छैन । जिशिका जाजरकोटको वेवसाइट www.deojajarkot.gov.np ब्राउजरमा खोल्दा धुलिखेल नगरपालिका खुल्छ। यसै बिषयमा के हो भनी जिल्ला शिक्षा कार्यालय जाजरकोट पुग्दा कर्मचारी नै कार्यालय समयमा नहुने गरेको पाईएको छ ।

    जाजरकोटका शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख तथा जिल्ला शिक्षा अधिकारी सुदिनराज बुढाथोकी संग यस्तो किन भएको के कारणले यस्तो हुदै छ भनी शिक्षा विकास तथा समन्वय ईकाई जाजरकोट पुग्दा ईकाई प्रमुख तथा जिल्ला शिक्षा अधिकारी सुदिनराज बुढाथोकी नै कार्यालय समयमा भेटाउन नै मुस्किल परेको थियो । कार्यालय समय १० बजे उपस्थित नभएर मनपरी आफ्नै समयले कार्यालयमा हाजिर हुने गरेको समेत पाइएको छ,त्यस्तै वेवसाइट कै बिषय लिएर छडके जाच संगै जाजरकोटका शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख तथा जिल्ला शिक्षा अधिकारी सुदिनराज बुढाथोकी संग जवाफ माग्दा कार्यालय जनशक्ति नभएका कारण वेवसाइट हेर्न नपाएको बताउँछन् । कुनै पनि सार्वजनिक निकायले आफ्नो सेवा र सम्पादन गरेको कामका बारेमा सेवाग्राहीलाई जानकारी दिनुपर्दछ । तर, नेपाल सरकारका विभिन्न संरचनाहरु यसप्रति सेचत बनेको देखिदैन ।

    जिशिअ बुढाथोकी कर्मचारी अभावका कारण यस्ताे भएकाे बताउँछन । अहिले कार्यालयमा कर्मचारी अभाव भएकोले दैनिक कामकाज गर्न पनि भ्याइ नभ्याइ भएको उनी बताउँछन् । उनी भन्छन्, “वेवसाइट अध्यावधिक त हुनुपर्ने हो तर अहिले जिशिका जाजरकोटको इकाइ प्रमुख म एक जना छु अर्को प्रा.स. मात्र हुनुहुन्छ । त्यसैले केही हेर्न पाइएको छैन ।” उनले यसाे भने पनि यसबारे बुझ्ने क्रममा जिल्ला शिक्षा कार्यालय जाजरकाेटका तीन कर्मचारीसँग कुरा भयाे ।

    जिशिका जाजरकोट जिशिकाको डोमेनमा आफ्नो कार्यालयको वेवसाइट खुल्छ भन्ने धुलिखेल नगरपालिकालाई पनि थाहा छैन । धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेल यसबारे आफूलाई केही थाहा नभएको बताउँछन । धुलिखेल नगरपालिकाको आफ्नो छुट्टै वेवसाइट www.dhulikhelmun.gov.np छ । तर, अहिले यी दुबै डोमेनमा एउटै साइट खुल्छ । उसो त विभिन्न नेपाल सरकारका अन्य कार्यालय र मन्त्रालयकै वेवसाइटहरु समेत बेलाबेलामा ह्याक हुने गरेका छन् ।

    जिशिका जाजरकोटका कर्मचारीहरुलाई आफ्नो वेवसाइटमा कहिलेदेखि अर्कैको डाटा राखिएको हो भन्ने पनि थाहा छैन । यसबारे बुझ्न जनाल्या टेलिभिजनले जाजरकोट पुगेर छड्के जांच नै गर्दा उसो त कार्यालयमा कर्मचारी न भेटाउन गाह्रो भो केहि समय पछि कार्यालय प्रमुख र अन्य कर्मचारीको उपस्थिती हुदा यस बारे बुझ्दा दक्ष कर्मचारी नै नभएकाले यसो भएको बताउछन । साथै यो बिषय त् छ नै तर कार्यालय समयमा हाजिर नहुनु को जवाफ माग्दा बिभिन्न कामकाज को बहाना बाजी नै गरेर कर्मचारी जवाफ दिएका छन् ।र अर्को कुरा वेवसाइट चलाउने कर्मचारी अनिश शाह नै रहेको अन्य कर्मचारी बताउछन भने सिधा प्रश्नमा अनिश शाह आफुलाई केहि पनि थाहा नभएको बताउछन ।तर अन्य कर्मचारी भने अनिश शाहले हेर्ने गरेको बताउछन ।

    सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ५ मा सार्वजनिक निकायले सूचनाको अध्यावधिक र प्रकाशन गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । जसमा २० वर्ष अघिसम्मकै सूचना अध्यावधिक गर्नुपर्ने, आफ्नो स्वरुप र प्रकृति, प्रदान गर्ने सेवा, काम कतव्र्य र अधिकार, आफ्नो कर्मचारी संख्या र कार्य विवरण प्रकाशन गर्नुपर्ने उल्लेख छ । ऐनले यस्ता सूचना कुनै पनि सार्वजनिक निकायले प्रत्येक तीन तीन महिनामा अद्यावधिक गर्नुपर्ने भनेको छ ।

    त्यसैगरी सूचनाको हक सम्बन्धि नियमावली २०६५ को दफा ३ मा सार्वजनिक निकायले आफ्नो सेवाका सूचनाहरु सूचीकृत गरी प्रकाशन गर्नुपर्ने कुरा उल्लेख गरेको छ । उक्त दफाको उपदफा ख मा प्रष्टसँग वेवसाइटकै बारेमा उल्लेख गरिएको छ । जसमा वेवसाइटमार्फत सार्वजनिक निकायले सञ्चालन गरेका कार्यक्रम, तिनको प्रगति प्रतिवेदन सार्वजनिक गर्नुपर्ने कुरा पनि उल्लेख गरिएको छ ।

    संघीय व्यवस्थामा जिल्ला शिक्षा कार्यालयको संरचना र स्वरुप कस्तो हुने भन्ने स्पष्ट नभएकाे भन्दै अहिले देशभरका जिल्ला शिक्षा कार्यालयका कर्मचारी अन्याैलमा भएकाे देखिन्छ । अहिले सम्म पुरानै संरचनाले काम भने गरिरहेको छ ।

    जिल्ला शिक्षा कार्यालय जाजरकोट पुगेर यसबारे लिएको जवाफ जस्ताको त्यस्तै हेर्नुस।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ १७, २०८२ (मे ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वैदेशिक रोजगारीको नाममा युवालाई झुक्याउने युवक पक्राउ

    काठमाडौं, जेठ १६ – वैदेशिक रोजगारीका सपनामा रमाइरहेका युवायुवतीलाई कुवेत पठाइदिन्छु भन्दै प्रलोभनमा पारी ठगी...

    मोरङको पुरानो दोहमना बजार दिनप्रतिदिन खस्कँदै

    मोरङ, जेठ १६ – रंगेली नगरपालिका–९ स्थित दोहमना बजार दिनप्रतिदिन खस्कँदै गएको छ। प्रत्येक साता...

    नेपालमा ५३ वर्षपछिको कीर्तिमानी प्रारम्भ: समयभन्दा १५ दिन अगावै भित्रियो मनसुन

    काठमाडौं, जेठ १६ – नेपालमा यस वर्षको मनसुन समयभन्दा धेरै पहिला, एकदमै असामान्य ढंगले भित्रिएको...

    भोटो देखाउने जात्राको अवसरमा आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

    काठमाडौं, जेठ १६ – काठमाडौं उपत्यकाका तीनै जिल्लामा यही जेठ १८ गते आइतबारका दिन सार्वजनिक...