News Portal

आशा लामाको फुलेको जिबनको कौतुहलता बाहिरियो (भिडियो)

हिमाली संचार संवाददाता
६८० पटक

राजु बोहरा/काठमाडौँ : बिगत निकै लामो समय यता नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल गायिका आशा लामाले फेरी पनि अर्को एक आधुनिक गीत बजारमा लिएर आएकी छिन् । बिशेष गरेर लोक तथा दोहोरी गीतबाट आफ्नो उच्च पहिचान बनाएकी उनले आधुनिक गीत बजारमा ल्याउनुमा, कलाकारहरुले आफ्नो कला प्रस्तुत गर्दा सबै किसिमका गीतहरु गाउन सक्ने खुबी भएमा आफ्नो सांगीतिक यात्रा जिबन्त हुने बिश्वास ब्यक्त गर्दछिन् ।

आशाको पछिल्लो आधुनिक गीत “कहिले फुल्यो जिन्दगानी” बोलको रहेको छ । निकै मेहनतका साथ तयार पारिएको यस गीतमा खड्ग गर्न्दर्बको संगीत रहेको छ भने उर्मिला कोइराला शब्द रचना रहेको छ । मान्छे जन्मिन्छ हुर्किन्छ र योवन अवस्थामा पुगेपछि अनयासै बैशालु उन्मादले छुने गर्दछ । यसरी यो उमेरमा पुग्दा मनमा जागेको कौतुहलता समाबेस गरिएको यस गीतलाई आशा लामाले आफ्नो कर्णप्रिय स्वर भरेकी छिन् ।

गीतको भावनुसार म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । संगीत सरोबरको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको भिडियोमा अभिषेक र रुबीको अभिनय देख्न सकिन्छ । राज आर.सी द्वारा निर्देशित भिडियोलाई छायांकन दिपक अधिकारीले गरेका हुन् भने सम्पादन बिजय राजले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...

अस्पतालका निःशुल्क बेड अब अनलाइनमार्फत हेर्न मिल्ने

काठमाडौं, वैशाख ३ – सरकारले देशभरका अस्पतालमा विपन्न र असहाय बिरामीका लागि छुट्याइएको १० प्रतिशत...