News Portal

गायिका तथा मोडल सिर्जु अधिकारीको रबिन्द्र प्रताप सेनलाई आग्रह घन्काईदेउ ब्याण्ड बाजा (भिडियो)

हिमाली संचार संवाददाता
५३६ पटक

राजु बोहरा
काठमाडौँ : नेपाली कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल गायिका सिर्जु अधिकारीको बिल्कुलै नयाँ गीत सार्बजनिक भएको छ । सिर्जुले यस अगी पनि करिब सय भन्दा माथि गीतहरुमा आफ्नो कर्णप्रिय स्वर भरिसकेकी छिन् । उनले बिभिन्न गीतहरुमा आफ्नो स्वर भर्नु मात्र होइन थुप्रै गीतहरुको म्युजिक भिडियोमा आफ्नो अभिनय समेत प्रस्तुत गरिसकेकी छिन् ।

भद्र स्वभाव कि सिर्जु पछिल्लो समय देश तथा बिदेशका स्टेज कार्यक्रममा ब्यस्त छिन् । उनि यु.के, युरोप, जापान, ओमान, दुवै लगाएत धेरै देशहरु पुगिसकेकी छिन् । नेपाली गीत संगीतको क्षेत्रलाई धनि बनाउनका लागि ति बिभिन्न देशहरुको कार्यक्रम बाट आयआर्जन भएको थोरै रकमलाई पनि यसै क्षेत्रमा खन्याउनु प्रसंसनिय कुरा हो ।

सृजुको भर्खरै बजारमा आएको गीत “ब्याण्ड बाजा” बोलको रहेको छ । चिसो मौसममा न्यानो पनको महसुस गर्न सकिने यस गीतमा सिर्जु अधिकारीको नै सुमधुर स्वर सुन्न सकिन्छ । सिर्जु अधिकारी र रबिन्द्र प्रताप सेन संगै करिब ३० जना कोरस कलाकारहरुको साथमा तयार भएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन शिब बि.क ले गरेका छन् ।

शिब बि.क कै कोरियोग्राफी रहेको भिडियोलाई छायंकन ज्ञानेन्द्र शर्मा र सम्पादन बिकाश ज्ञवालीले गरेका छन् । सिर्जु अधिकारी कै व्यक्तिगत युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतलाई शब्द संगीत पनि सिर्जुले नै भरेकी छिन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...