News Portal

  • गायिका तथा मोडल सिर्जु अधिकारीको रबिन्द्र प्रताप सेनलाई आग्रह घन्काईदेउ ब्याण्ड बाजा (भिडियो)

    हिमाली संचार संवाददाता
    ४२७ पटक

    राजु बोहरा
    काठमाडौँ : नेपाली कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल गायिका सिर्जु अधिकारीको बिल्कुलै नयाँ गीत सार्बजनिक भएको छ । सिर्जुले यस अगी पनि करिब सय भन्दा माथि गीतहरुमा आफ्नो कर्णप्रिय स्वर भरिसकेकी छिन् । उनले बिभिन्न गीतहरुमा आफ्नो स्वर भर्नु मात्र होइन थुप्रै गीतहरुको म्युजिक भिडियोमा आफ्नो अभिनय समेत प्रस्तुत गरिसकेकी छिन् ।

    भद्र स्वभाव कि सिर्जु पछिल्लो समय देश तथा बिदेशका स्टेज कार्यक्रममा ब्यस्त छिन् । उनि यु.के, युरोप, जापान, ओमान, दुवै लगाएत धेरै देशहरु पुगिसकेकी छिन् । नेपाली गीत संगीतको क्षेत्रलाई धनि बनाउनका लागि ति बिभिन्न देशहरुको कार्यक्रम बाट आयआर्जन भएको थोरै रकमलाई पनि यसै क्षेत्रमा खन्याउनु प्रसंसनिय कुरा हो ।

    सृजुको भर्खरै बजारमा आएको गीत “ब्याण्ड बाजा” बोलको रहेको छ । चिसो मौसममा न्यानो पनको महसुस गर्न सकिने यस गीतमा सिर्जु अधिकारीको नै सुमधुर स्वर सुन्न सकिन्छ । सिर्जु अधिकारी र रबिन्द्र प्रताप सेन संगै करिब ३० जना कोरस कलाकारहरुको साथमा तयार भएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन शिब बि.क ले गरेका छन् ।

    शिब बि.क कै कोरियोग्राफी रहेको भिडियोलाई छायंकन ज्ञानेन्द्र शर्मा र सम्पादन बिकाश ज्ञवालीले गरेका छन् । सिर्जु अधिकारी कै व्यक्तिगत युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतलाई शब्द संगीत पनि सिर्जुले नै भरेकी छिन् ।

    भिडियो हेर्न तल क्लिक गर्नु होला ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    तीजमा पशुपतिनाथका सबै ढोका खुला, दर्शन र सुरक्षामा विशेष व्यवस्था

    काठमाडौं, भदौ ८ – हरितालिका तीजको अवसरमा पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज रूपमा मन्दिर...

    बजार जान निस्केकी रुबी सुटकेसभित्र मृत भेटिइन्, आमासँगको अन्तिम संवाद यस्तो

    रौतहट, भदौ ८ – माधव नारायण नगरपालिका–२ कि २६ वर्षीया रुबीकुमारी साह शनिबार साँझ बजार...

    महेन्द्रनगरका विपिन जोशीकी आमा–बहिनीले राष्ट्रपति पौडेलसँग भेटे

    काठमाडौँ, भदौ ८ – प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विद्यार्थी विपिन जोशीको रिहाइको माग...

    स्काइ ड्रिम इन्टरप्रेनर्सका संचालक र कर्मचारी पुर्पक्षका लागि थुनामा

    सुर्खेत, भदौ ८ – सुर्खेतमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा *स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि.*का...

    रौतहटमा सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाखत

    रौतहट, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ मुडवालगेटस्थित सडक किनारमा फेला परेको सुटकेसभित्र मृत भेटिएकी...