News Portal

राजीनामा दिँदा चार पटक रोए कानुनमन्त्री तामाङ

महिला अधिकारको पक्षमा काम गर्दागर्दै राजीनामा दिने अवस्था आयो !

६१२ पटक

सन्जिब कुमार राई/काठमाडौं – ‘कहिलेकाहीँ जुन विषय बोकेर काम गरिरहेको हुन्छ, त्यही विषयले लेखेट्ने दिन पनि आउँदो रहेछ’ पदबाट राजीनामा दिँदै गर्दा कानुनमन्त्री शेरबहादुर तामाङ भावुक भए ।

आफू र पत्नी उषाकला राई लामो समयदेखि महिला अधिकारका लागि लड्दै आएको उनले सुनाए तर, बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राहरुबारे गरेको टिप्पणीकै कारण उनको मन्त्री पद खोसिएको छ। सर्टिफिकेट लिन नेपाली छात्राहरुले अस्मिता बेच्नुपर्ने बाध्यता रहेको बताएपछि उनको चर्को आलोचना भयो र उनले मन्त्री पदबाट राजीनामा दिए ।

मंगलबार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले राजीनामा घोषणा गरे ।

महिला अधिकारको पक्षमा काम गर्दागर्दै पदबाट राजीनामा दिनुपर्ने अवस्था आएको उनले बताए । भावुक हुँदै उनले भने, ‘कानून बनाएर लैङ्गिक समानताको विषयलाई संस्थागत गर्नेतर्फ केन्द्रित थिएँ । तर, महिलाको विषयमा बोलिएको शब्दकै कारणले यस्तो अवस्था आयो ।’

पत्नी एवं प्रदेश १ कि सांसद् उषाकला राईसहित उपस्थित भएका मन्त्री तामाङले आफूले सधैं महिलाको सम्मान गर्ने गरेको बताए । आफूले जनतालाई शीरमा राखेर काम गरेको तर, आफ्ना केही कमजोरीलाई मुख्य मुद्दा बनाएर प्रचार गरिएको भन्दै उनको गुनासो थियो । आफ्नो अभिव्यक्ति आलोचित भएपछि उनले साउन ६ गते वक्तव्य जारी गरेर माफीसमेत मागी सकेका थिए ।

चार पटक रोए मन्त्री तामाङ

पत्रकार सम्मेलनमा विज्ञप्ति वाचन गर्दागर्दै उनी अचानक भक्कानिए र केहीबेर बोल्न सकेनन् । सम्हालिएर बोल्न खोजे तर सकेनन् । केहीबेरपछि उनले भने, ‘असुविधाका लागि क्षमा चाहन्छु ।’

‘डा. उपेन्द्र देवकोटा क्यान्सरको उपचार गर्थे तर आफैँ क्यान्सर भएर जानुपर्‍यो । भ्रष्टाचार अन्त्यका लागि कानूनी उपचार गर्नुपर्छ भनेर लागिरहेँ । तिनैले आज मलाई लखेटे’ यसो भन्दा पनि उनी भावुक बने ।

आफू कानुन मन्त्री भएपछि न्यायाधीशहरुको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने निर्णय गरेको र नगर्ने ३२ जनालाई ५ हजार जरिवाना गराएको उनले सुनाए । अब संसदमा रहेर पनि सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति विवरण सार्वजनिक गराउने र कानून पारित गराउन दत्तचित्त भएर लागि पर्ने प्रतिवद्धता छ । यस्तो प्रतिवद्धता जनाइरहँदा पनि फेरि भावुक भए ।

राजीनामा दिँदै गर्दा धेरै भावुक हुनुभयो नि भन्ने प्रश्नमा उनले भने, ‘म अलिअलि भावुक मान्छे पनि हुँ । यो भावनात्मक कुरालाई साथीहरुले त्यही ढंगले बुझिदिनुहोला भन्ने अनुरोध पनि गर्छु ।’

कानून निर्माणमा के के काम भयो ?

राजीनामा दिएको घोषणा गर्नुअघि तामाङले आफूले मन्त्रालय सम्हालेपछि गरेका कामबारे जानकारी गराएका थिए । मौलिक हक कार्यान्वयनका लागि आवश्यक पर्ने १५ वटा कानूनको मस्यौदा मन्त्रिपरिषदमा पठाइसकेको मन्त्री तामाङले जानकारी दिए । उनका अनुसार आगामी असोज ३ गतेभित्र संविधानमा रहेका मौलिक हक कार्यान्वयनका लागि आवश्यक सबै कानुन तयार हुनेछ ।

कानून मन्त्रालयका अनुसार अहिलेसम्म १८ भन्दा बढी विषयका कानून बनाउनका लागि स्वीकृति प्रदान गरिएको छ भने, २० भन्दा बढी विषयमा विधेयक तयार गर्नका लागि स्वीकृति प्रदान गरिसकिएको छ । उनले १३ विषयमा मस्यौदा तयार गर्नका लागि समेत स्वीकृति प्रदान गरिसकेको जानकारी दिए ।

आफ्नो मन्त्रालयको प्रगति विवरण सुनाउँदै उनले भने – ‘म मन्त्रालयमा आउँदा प्रदेशहरुले कानून अभावमा काम गर्न पाएका थिएनन् । हामीले अहिलेसम्म १७ वटा नमुना कानून प्रदेश तहमा पठाइसकेका छौं ।’

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...