News Portal

विदेशबाट छुट्टीमा आएका घरेलु कामदारलाई फर्कन दिने कि नदिने ?

हिमाली संचार संवाददाता
६२२ पटक

काठमाडौं : खाडी मुलुकहरूमा कार्यरत घरेलु कामदारहरू छुट्टीमा घर आएपछि फर्किन नपाउने गरी लगाइएको सरकारी प्रतिबन्ध हटाउने विषयमा श्रम मन्त्रालय र संसद्को श्रम तथा उपभोक्ता समिति सहमति नजिक पुगेको समितिका अधिकारीहरूले बताएका छन्।

झन्डै दुई वर्षअघि समितिकै निर्देशनमा ल्याइएको उक्त प्रावधान हटाउन श्रममन्त्रीले समितिलाई आग्रह गरेका छन्। श्रम तथा उपभोक्ता समितिले चाहिँ त्यस्ता कामदारको सूची र अहिलेको नियम हटाउनुपर्नाका स्पष्ट कारण मन्त्रालयसँग मागेको छ।

के छन् तर्क?

बिदामा घर आएका कामदारलाई फर्किन दिनुपर्ने आवाज लामो समयदेखि उठिरहेको बेला संसद्को श्रम तथा उपभोक्ता समिति र श्रम तथा रोजगार मन्त्रालयले समितिमा छलफल गरेको हो।

श्रममन्त्री गोकर्ण विष्टले वैध रूपमा काम गरिरहेका कामदारलाई काम गर्न दिनुपर्ने तर्क समिति समक्ष राखेका हुन्।

उपभोक्ता समितिले प्रतिबन्ध हटाउनु अघि श्रम मन्त्रालयसँग त्यस्ता कामदारको विवरण र स्पष्ट नीति तयार पारेर आउन निर्देशन दिएको छ।

समितिका सभापति विमलप्रसाद श्रीवास्तवले भने, “राम्रो सुरक्षा छ अनि भिसा पनि छ भने श्रम मन्त्रालयले एक पटकलाई हो की सधैँलाई खोल्ने हो? के सोच बनाएको हो? कानुनी त्रुटी छ भने त्यसलाई सच्च्याउन के गरेको छ? यी सबै कुराको निर्क्यौल मन्त्रालयले हामीलाई पठाओस्। त्यसपछि हामी स्वीकृती दिन्छौँ। समितिका कतिपय सदस्य त्यसको विपक्षमा देखिएका छन्।

कति छन् घरेलु कामदार?

श्रम मन्त्रालयसँग यकीन तथ्याङ्क नभए पनि खाडी मुलुकमा महिला र पुरुष गरी डेढ लाखको हाराहारीमा घरेलु कामदार रहेको बताइन्छ।

तर गत साउनदेखि मात्र विदेशमा रहेका त्यस्ता कामदारको तथ्याङ्क सङ्कलन थालेको मन्त्रालयले यसबीचमा मात्र एक हजारभन्दा बढी बिदामा फर्केका कामदारले पुनः फर्किन श्रम स्वीकृति मागेको जनाएको छ।

खासगरी महिला कामदार श्रम र यौन हिंसामा परेका घटना बढेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले २०७३ साल चैतमा घरेलु कामदार रोक लगाउन सरकारलाई निर्देशन दिएको थियो।

प्रतिबन्ध हटाउने विषयमा श्रम मन्त्रालयका सचिव महेश दाहाल समितिले मागेका जानकारी तयार गरी अर्को हप्ता पुनः बैठक बसेर निर्णयमा पुग्ने बताउँछन्।

उनी भन्छन्,” कामदारको सबै कुरा वैधानिक र विश्वस्त हुनसक्छ भने त्यस्तोलाई जान स्वीकृति दिने की भन्ने छलफल भयो। समितिले मागेका कागजातहरू पूरा गरेर एकहप्ता भित्र फेरि बैठक बस्ने कुरा भएको छ। सो बैठकले एउटा निष्कर्षमा पुगिन्छ होला भन्ने विश्वास छ।

बिदामा आएका कामदारको हकमा लचिलो देखिएको मन्त्रालयले नयाँ घरेलु कामदार पठाउने प्रक्रिया भने सम्बन्धित देशसँग श्रम सम्झौता नगरेसम्म नखोलिने जनाएको छ।

शोषणका घटना रोक्न प्रतिबन्ध लगाइएको भए पनि अवैध बाटो हुँदै घरेलु कामदार विदेशिने क्रम रोक्न नसकेको भन्दै सरकारको आलोचना हुँदै आएको छ। बिबिसी

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...