News Portal

  • विदेशबाट छुट्टीमा आएका घरेलु कामदारलाई फर्कन दिने कि नदिने ?

    हिमाली संचार संवाददाता
    ५१० पटक

    काठमाडौं : खाडी मुलुकहरूमा कार्यरत घरेलु कामदारहरू छुट्टीमा घर आएपछि फर्किन नपाउने गरी लगाइएको सरकारी प्रतिबन्ध हटाउने विषयमा श्रम मन्त्रालय र संसद्को श्रम तथा उपभोक्ता समिति सहमति नजिक पुगेको समितिका अधिकारीहरूले बताएका छन्।

    झन्डै दुई वर्षअघि समितिकै निर्देशनमा ल्याइएको उक्त प्रावधान हटाउन श्रममन्त्रीले समितिलाई आग्रह गरेका छन्। श्रम तथा उपभोक्ता समितिले चाहिँ त्यस्ता कामदारको सूची र अहिलेको नियम हटाउनुपर्नाका स्पष्ट कारण मन्त्रालयसँग मागेको छ।

    के छन् तर्क?

    बिदामा घर आएका कामदारलाई फर्किन दिनुपर्ने आवाज लामो समयदेखि उठिरहेको बेला संसद्को श्रम तथा उपभोक्ता समिति र श्रम तथा रोजगार मन्त्रालयले समितिमा छलफल गरेको हो।

    श्रममन्त्री गोकर्ण विष्टले वैध रूपमा काम गरिरहेका कामदारलाई काम गर्न दिनुपर्ने तर्क समिति समक्ष राखेका हुन्।

    उपभोक्ता समितिले प्रतिबन्ध हटाउनु अघि श्रम मन्त्रालयसँग त्यस्ता कामदारको विवरण र स्पष्ट नीति तयार पारेर आउन निर्देशन दिएको छ।

    समितिका सभापति विमलप्रसाद श्रीवास्तवले भने, “राम्रो सुरक्षा छ अनि भिसा पनि छ भने श्रम मन्त्रालयले एक पटकलाई हो की सधैँलाई खोल्ने हो? के सोच बनाएको हो? कानुनी त्रुटी छ भने त्यसलाई सच्च्याउन के गरेको छ? यी सबै कुराको निर्क्यौल मन्त्रालयले हामीलाई पठाओस्। त्यसपछि हामी स्वीकृती दिन्छौँ। समितिका कतिपय सदस्य त्यसको विपक्षमा देखिएका छन्।

    कति छन् घरेलु कामदार?

    श्रम मन्त्रालयसँग यकीन तथ्याङ्क नभए पनि खाडी मुलुकमा महिला र पुरुष गरी डेढ लाखको हाराहारीमा घरेलु कामदार रहेको बताइन्छ।

    तर गत साउनदेखि मात्र विदेशमा रहेका त्यस्ता कामदारको तथ्याङ्क सङ्कलन थालेको मन्त्रालयले यसबीचमा मात्र एक हजारभन्दा बढी बिदामा फर्केका कामदारले पुनः फर्किन श्रम स्वीकृति मागेको जनाएको छ।

    खासगरी महिला कामदार श्रम र यौन हिंसामा परेका घटना बढेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले २०७३ साल चैतमा घरेलु कामदार रोक लगाउन सरकारलाई निर्देशन दिएको थियो।

    प्रतिबन्ध हटाउने विषयमा श्रम मन्त्रालयका सचिव महेश दाहाल समितिले मागेका जानकारी तयार गरी अर्को हप्ता पुनः बैठक बसेर निर्णयमा पुग्ने बताउँछन्।

    उनी भन्छन्,” कामदारको सबै कुरा वैधानिक र विश्वस्त हुनसक्छ भने त्यस्तोलाई जान स्वीकृति दिने की भन्ने छलफल भयो। समितिले मागेका कागजातहरू पूरा गरेर एकहप्ता भित्र फेरि बैठक बस्ने कुरा भएको छ। सो बैठकले एउटा निष्कर्षमा पुगिन्छ होला भन्ने विश्वास छ।

    बिदामा आएका कामदारको हकमा लचिलो देखिएको मन्त्रालयले नयाँ घरेलु कामदार पठाउने प्रक्रिया भने सम्बन्धित देशसँग श्रम सम्झौता नगरेसम्म नखोलिने जनाएको छ।

    शोषणका घटना रोक्न प्रतिबन्ध लगाइएको भए पनि अवैध बाटो हुँदै घरेलु कामदार विदेशिने क्रम रोक्न नसकेको भन्दै सरकारको आलोचना हुँदै आएको छ। बिबिसी

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    समाजवादीसँग एकता खोज्दै प्रचण्ड, विप्लवलाई भने ‘नो इन्ट्री’

    काठमाडौं, साउन १४ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय पार्टीभित्रको...

    कानेपोखरीमा सुन पसलको आवरणमा करोडौँ ठगी, पीडित आन्दोलित

    विराटनगर, साउन १४ – मोरङको कानेपोखरी गाउँपालिकास्थित रमाइलो बजारमा सञ्चालनमा रहेको ‘अधिकारी सुन पसल’बाट करोडौँ...

    क्यानको बोर्ड बैठक बिहीबार, एनपीएल समीक्षा र टी–२० विश्वकप तयारी मुख्य एजेन्डा

    काठमाडौं, साउन १४ – नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक भोलि बिहीबार काठमाडौंमा बस्ने भएको...

    एमालेको दबाबमा बागमती प्रदेशका तीन मन्त्रीको शपथ स्थगित

    हेटौंडा, साउन १४ – बागमती प्रदेश सरकारले बुधबार बिहान नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम अन्तिम क्षणमा...

    दाङमा अटो दुर्घटना, चार जना घाइते

    दाङ, साउन १४ – दंगीशरण गाउँपालिका–२ मधपुरमा बुधबार बिहान भएको अटो दुर्घटनामा चार जना घाइते...