News Portal

डोलराज बारघरे मगरको भान्जी निर आलेलाई (भिडियो सहित)

हिमाली संचार संवाददाता
६०१ पटक

राजु बोहरा/काठमाडौँ : चार बर्ण र छत्तिस जातिको फुलबारी हाम्रो देश आफ्नै कला संस्कृति र मुलिक्ताले भरिपुर्ण रहेको छ । यसमाथि पनि नेपाली लोक तथा दोहोरी गीत संगीतले हाम्रो देशको उच्चतालाई  शिखरमा पुर्याएको छ ।

अझै बिभिन्न भाषा भाषिका गीतहरुले झनै महत्वपुर्ण भूमिका खेलेको हामि पाउदछौं । सोहि क्रममा मगर समुदायको कला संस्कृति र मौलिकतालाई केन्दित गर्दै एक गीत भर्खरै बजारमा आएको छ । मगर समुदाय भित्र यसै पनि बिभिन्न सन्स्कार सन्स्कृतिहरु पाईन्छ त्यसमा पनि सान्स्कृतिक पक्ष अत्यन्तै राम्रो मानिन्छ ।

मगर समुदाय भित्र नाचिने सोरठी, हुरा, कौरा, ठाडो भाका ,झ्याउरे आदी जस्ता नाचहरु अत्यतै प्रचलित छन । यसै क्रममा गायक तथा संगिताकार डोलराज बारघरे मगर र निरु श्रीष मगरको मगर भाषाको अत्यन्तै मौलिक झ्याउरे गीत “भान्जी” सार्वजनिक भएको छ ।

यसो त मगर समुदाय भित्र मामा भान्जीको साईनोलाई अत्यन्तै चोखो साईनोको रुपमा लिने गरिन्छ । जुन साईनो बिच माया प्रेम र विवाह जस्तो कुराहरु हुँदैन । यधपी कुनै नयाँ ठाउको पुरुषले अर्को नयाँ ठाउको महिला सङ्ग भेट हुँदा भान्जी भनेर बोलाउने या महिलाहरुले पनि मामा भनेर जिस्किने चलनलाई समेटेर बनाईएको यस गीतमा शब्द तथा लय अग्रज कलाकार मान बहादुर बरालको रहेको छ ।

डोलराज बारघरे मगर र निरु श्रीष मगरको सुमधुर स्वरमा सजिएको गीतलाई स्वयम गायक बारघरेले एरेन्ज गरेका हुन । सुमन थापा मगरको निर्देशन रहेको गीतमा करण चैसिरको छायांकन तथा प्रबिण रेश्मी मगरको सम्पादन रहेको छ । चर्चित मोडेल द्वय निर आले मगर र रीना थापा मगरको सुन्दर अभिनय रहेको गीतलाई ग्यालेक्सी म्युजिक प्रा ली ले बजार ब्यब्स्थापन गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...