गङ्गाजमुना–५ मा शिक्षक तथा निजामती कर्मचारी मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुने

धादिङ । नेपालीहरूको महान् चाड वडा दशैं तथा शुभ दीपावलीको अवसरमा धादिङको गङ्गाजमुना गाउँपालिका–५ स्थित मण्डली माध्यमिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको संयुक्त आयोजनामा खुल्ला मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुने भएको छ।
आयोजकका अनुसार प्रतियोगिता २०८३ असोज १७ र १८ गते मण्डली मा.वि.को खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा एउटै पालिकाभित्र कार्यरत विद्यालयका शिक्षक तथा कर्मचारीहरूले टिम निर्माण गरी सहभागिता जनाउन सक्नेछन्।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले २०८३ असोज १५ गतेभित्र टिम दर्ता गरिसक्नुपर्नेछ। टिम दर्ता शुल्क रु. ३,००० निर्धारण गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेता टिमले रु. ३३,३३३ नगदसहित मेडल तथा प्रमाणपत्र, द्वितीय हुने टिमले रु. २२,२२२ नगदसहित मेडल तथा प्रमाणपत्र र तृतीय हुने टिमले रु. ११,१११ नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै विभिन्न विधागत पुरस्कारहरू समेत प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताका सम्पूर्ण खेलहरू FIVB को नियमअनुसार सञ्चालन गरिने र खेलका क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय नै अन्तिम हुने आयोजकले स्पष्ट पारेको छ।
टिम दर्ता तथा प्रतियोगितासम्बन्धी थप जानकारीका लागि ९८६७०७२५३१, ९८४३४७१९८३ र ९८४३३८०७७९ मा सम्पर्क गर्न सकिनेछ।
आयोजक : मण्डली माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारी

















