News Portal

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

१९१ पटक

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

अदालतका अनुसार ओलीको निवेदन न्यायाधीश मेघराज पोखरेलको इजलासमा परेको छ भने लेखकको निवेदन न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ। दुवै निवेदनलाई प्राथमिकताका साथ पहिलो नम्बरमै राखिएको छ।

ओलीका तर्फबाट उनकी श्रीमती राधिका शाक्यले निवेदन दर्ता गराएकी हुन् भने लेखकका तर्फबाट उनकी श्रीमती यशोदा लेखकले निवेदन पेश गरेकी हुन्।

शनिबार पक्राउ परेका ओलीलाई स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। उनी हाल चिकित्सकको निगरानीमा उपचाररत रहेका छन्।

भदौ २३ गतेको घटनामा भएको दमनसम्बन्धी आरोपमा जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिसपछि ओली र लेखकलाई पक्राउ गरिएको हो।

यसअघि काठमाडौं जिल्ला अदालतले आइतबार उनीहरूलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...