News Portal

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

७८ पटक

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्न सात आधार प्रस्तुत गरेका छन्। पार्टी केन्द्रीय कार्यसमिति बैठकमा पेश गरिएको प्रस्तावमा उनले नेतृत्व सम्हालेको छोटो समयमै पूर्ण मूल्याङ्कन गर्नु उपयुक्त नहुने धारणा राखेका हुन्।

उनले राजनीतिमा नयाँ नेतृत्वलाई कामको प्रारम्भिक चरणमा ‘हनिमुन अवधि’ दिइने प्रचलन रहेको उल्लेख गर्दै पचास दिनमै उपलब्धि खोज्नु हतारो हुने बताए। यस्तो अवस्थामा पार्टीलाई अप्ठ्यारो परिस्थितिबाट बाहिर निकाल्ने जिम्मेवारी नेतृत्वकै भएकाले सभापतिको पदत्याग संगठनका लागि हितकर नहुने उनको तर्क छ।

शर्माले सभापति थापाले व्यक्त गरेको नैतिक जिम्मेवारीप्रतिको भावनाको सम्मान गर्दै वर्तमान अवस्था सम्हाल्न राजीनामा अस्वीकृत गर्नु नै उपयुक्त निर्णय हुने उल्लेख गरेका छन्।

निर्वाचन परिणाम अपेक्षाअनुसार नभए पनि कांग्रेसले अघि सारेका मूल राजनीतिक सिद्धान्तहरू स्थापित भएको उनको दाबी छ। संविधान, संघीय शासन प्रणाली, संसदीय अभ्यास र सामाजिक न्यायसहितको उदार आर्थिक नीतिमा अन्य दलहरू समेत सहमत देखिनु कांग्रेसको वैचारिक सफलताको संकेत भएको उनले बताएका छन्।

प्रतिनिधिसभामा दोस्रो ठूलो दलका रूपमा कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उनले लोकतान्त्रिक पद्धतिलाई सुदृढ बनाउन र सरकारका सकारात्मक काममा साथ तथा कमजोरीमा खबरदारी गर्ने नीति पार्टीले लिने बताए।

उनका अनुसार चुनावी हारका बाबजुद पार्टी पंक्तिमा निराशा फैलिएको छैन। बरु कार्यकर्तामा नयाँ ऊर्जा र आत्मविश्वास देखिएको छ। विशेष महाधिवेशनले पार्टीभित्र नयाँ रक्तसञ्चार गरेको र त्यसले संगठनलाई थप चलायमान बनाएको उनको भनाइ छ।

प्रतिकूल अवस्थाबीच पनि पार्टी चरम निराशामा नफसेको उल्लेख गर्दै उनले बौद्धिक वर्गबाट प्राप्त सुझाव र समर्थनले पार्टीलाई नयाँ योजनाका साथ अघि बढ्न प्रेरणा मिलेको बताए।

विशेष महाधिवेशनप्रति असन्तुष्टि राख्ने समूहहरू समेत अहिले पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने निष्कर्षमा पुगेको शर्माको दाबी छ। पार्टीलाई साझा थलोका रूपमा स्वीकार गर्दै नियमित महाधिवेशनमार्फत नयाँ नेतृत्व र सम्भावनाको ढोका खोल्नुपर्ने धारणा बलियो बनेको उनले बताए।

उनले विगतका असन्तुष्टि र निर्वाचन परिणामलाई इतिहासका रूपमा स्वीकार गरी अब नयाँ रणनीति, नयाँ संकल्प र नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्। कांग्रेसले विगतमा गरेका कामलाई जनतामाझ प्रभावकारी रूपमा प्रस्तुत गर्दै विश्वास पुनः स्थापित गर्नुपर्नेमा उनले जोड दिएका छन्।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...