News Portal

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

४३२ पटक

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको दोस्रो वडा अध्यक्ष रतुवामाई खुला T–२० क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ।

माघ १० गतेदेखि १७ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा मोरङ, झापा, सुनसरी तथा इनरुवा क्षेत्रका गरी जम्मा १६ टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा जिल्ला स्तरीयदेखि प्रदेश १ का विभिन्न अनुभवी खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रदेश १ कै ठूलो राशिको प्रतियोगिताका रूपमा आयोजना गरिएको यस खेलमा प्रथम हुने टिमलाई नगद ७५ हजार रुपैयाँ, द्वितीय हुनेलाई ४१ हजार रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिएको थियो। प्रतियोगिताको आयोजना युवा तथा खेलकुद समिति, रतुवामाई–४ ले गरेको हो।

फाइनल खेलमा रतुवामाई–४ र रवि ११ विजयी हुँदै प्रथम स्थान हासिल गर्दा ब्रदर्स ११ रतुवामाई द्वितीय स्थानमा सीमित भयो।

व्यक्तिगत विधातर्फ

म्यान अफ द म्याच : विकास दास (नगद ५ हजार १ सय रुपैयाँ)

बेस्ट ब्याट्सम्यान : विकास दास

बेस्ट विकेटकिपर : अमर राई

इमर्जिङ प्लेयर : जीवन ताजपुरिया

बेस्ट बलर : सिबम यादव
घोषित भएका छन्।समापन कार्यक्रममा नेपाली कांग्रेसका नेता मेनेन्द्र रिजाल, दिलिप बगडिया, विभिन्न वडाका अध्यक्षहरू, स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, युवा तथा युवतीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमबारे जानकारी आयोजक समितिका कुमार पौडेलले दिएका हुन्।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...