News Portal

वर्तमान सरकार सनातन धर्म तहसनहस पार्ने दिशामा : महामन्त्री खड्का (भिडियो सहित)

हिमाली संचार संवाददाता
७४७ पटक

दीपक रेग्मी
काठमाण्डौं : नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारनै नेपालको धर्मलाई तहसनहस पार्ने दिशामा अघि बढेको आरोप लगाएका छन । शनिबारबाट राजधानीमा शुरु भएको पार्टीको महासमिती बैठकको उद्घाटन सत्रमा बोल्दै महामन्त्री खड्काले नेपालको सामाजिक, धार्मिक सद्भाव र सनातन धर्मलाई तहसनहस पार्ने दिशामा सरकार अघि बढेको भन्दै आपत्ति प्रकट गरेका हुन ।

गौरबशाली ईतिहाँस बोकेको नेपाली काँग्रेसले नै संविधानसभाबाट जनताको संविधान जारी गर्दै संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको मार्गचित्र कारेको स्मरण गर्दै खड्काले संविधान जारी गरेको नायकत्व नेपाली काँग्रेसले किन लिन सकेन भन्ने विषयमा पनि महासमिती बैठकबाट ठोस निष्कर्ष निकाल्नुपर्ने बताए ।

खड्काले लोकतन्त्र, यस्का उपलब्धि र लोकतान्त्रिक संस्थाहरुलाई सिध्याउन सरकार लागिपरेको भन्दै लोकतन्त्र र लोकतान्त्रिक संस्थाहरुको रक्षाका निम्ति महासमिती बैठकले पार्टीलाई स्पष्ट दिशा देखाउनुपर्ने बताए ।

काँग्रेसमा आन्तरिक झगडा, गुटउपगुटका कारण पार्टी कमजोर बनेकोतर्फ संकेत गर्दै नेता खड्काले आन्तरिक कलहलाई न्यूनिकरण र निस्तेज पार्न महासमिती बैठक महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । पार्टी सभापतिको विरोध भईरहेको घुमाउरो शैलीमा संकेत गर्दै महामन्त्री खड्काले यहि नेतृत्वकै कारण तिनतहका निर्वाचन सम्पन्न भएर नयाँ संविधान कार्यान्वयनको आधार तयार भएको नबिर्सिन पनि सबैलाई आग्रह गरे ।

महासमिती बैठकमा सबैको नजर केन्द्रित रहेको भन्दै नेता खड्काले बैठकबाट पार्टी निर्माणका लागि स्पष्ट मार्गचित्र कोर्न जरुरी रहेको बताए ।

भिडियोमा हेर्नुहोस।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...