News Portal

कुलमान घिसिङको राजनीतिक भविष्य संकटमा, रवि लामिछानेसँगको सहकार्यले उल्टो प्रभाव?

३२७ पटक

काठमाडौं – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङको राजनीतिक भविष्य पछिल्लो घटनाक्रमसँगै संकटमा परेको विश्लेषण हुन थालेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँगको राजनीतिक सहकार्यले अपेक्षित लाभ नदिँदा उनी ‘न घरको, न घाटको’ अवस्थामा पुगेको टिप्पणी राजनीतिक वृत्तमा व्यापक छ।

घिसिङ केही महिनाका लागि मन्त्री बने पनि त्यसको दीर्घकालीन राजनीतिक मूल्य निकै महँगो सावित भएको विश्लेषकहरू बताउँछन्। मन्त्री पदबाट बाहिरिएपछि उनी न त पार्टीभित्र सुरक्षित स्थानमा रहन सके, न त समानुपातिक उम्मेदवार दर्ता गर्ने अवसर नै पाए।

यसैबीच घिसिङले ‘उज्यालो नेपाल पार्टी’को अध्यक्षको जिम्मेवारी त सम्हालेका छन्, तर पार्टीको भविष्य र आफ्नो राजनीतिक यात्राको दिशाबारे अन्योल बढेको देखिन्छ। आलोचकहरूका अनुसार उनले आफ्नो ‘उज्यालो भविष्य’ अरूको भरोसामा सुम्पिँदा आफू भने राजनीतिक अन्धकारतर्फ धकेलिन पुगे।

राजनीतिक विश्लेषकहरू रवि लामिछानेको नेतृत्वशैलीलाई ‘माकुराको जालो’सँग तुलना गर्दै आएका छन्। उनीहरू भन्छन्—ठूला दलजस्ता शक्तिशाली पात्रहरू (एमाले–कांग्रेस) त्यस्ता जालो तोडेर बाहिरिन सक्छन्, तर स्वतन्त्र छविका नेता वा नयाँ राजनीतिक पात्रहरू भने सजिलै फस्ने जोखिममा पर्छन्।

यस सन्दर्भमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र कुलमान घिसिङलाई ‘पुतली’को संज्ञा दिँदै, उनीहरू रवि लामिछाने वरिपरि बनेको राजनीतिक घेराबाट उम्कन नसकेको टिप्पणी पनि सार्वजनिक बहसमा आएको छ। जबकि एमाले र कांग्रेसलाई ‘चरा’ जस्तै शक्तिशाली मानेर त्यस्ता जालो च्यात्न सक्ने क्षमता भएको दाबी गरिन्छ।

कुलमान घिसिङ रविको राजनीतिक जालोमा परिसकेको विश्लेषण भइरहँदा अब अर्को लक्ष्य बालेन साह हुन सक्ने अड्कल पनि सुरु भएको छ। बालेनमाथि पनि विभिन्न राजनीतिक शक्तिको दबाब र घेराबन्दी बढ्दै गएको भन्दै, उनी पनि चाँडै यस्तै परिस्थितिमा पर्न सक्ने चेतावनी विश्लेषकहरू दिन्छन्।

समग्रमा, पछिल्लो घटनाक्रमले वैकल्पिक राजनीतिका नाममा बनेका सहकार्यहरू कति टिकाउ छन् भन्ने प्रश्न उठाएको छ। शक्ति सन्तुलन, समयमै निर्णय र राजनीतिक स्वायत्तता नहुँदा लोकप्रिय छविका नेता समेत भविष्यविहीन बन्न सक्ने उदाहरणका रूपमा कुलमान घिसिङको अवस्था हेरिएको छ।

 

 

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...