News Portal

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

४३ पटक

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा मृत्यु भएपछि घटना विवादमा परेको छ। अन्तरजातीय प्रेम विवाह गरेका विकलाई किशोरी पक्षको उजुरीका आधारमा पक्राउ गरिएको थियो।

प्रहरीका अनुसार हिरासतभित्रै उनले आत्महत्या गरेका हुन्, तर परिवारले भने घटनालाई शंकास्पद भन्दै हत्या भएको आरोप लगाएको छ। उनीहरूले पक्राउ परेको जानकारी ढिलो दिएको, अनुसन्धानका क्रममा दबाब र यातना दिइएको तथा घटना लुकाउने प्रयास भएको दाबी गरेका छन्।

घटनापछि परिवार र स्थानीयले चार दिनदेखि निष्पक्ष छानबिनको माग गर्दै आन्दोलन गरिरहेका छन्। उनीहरूले सत्यतथ्य बाहिर नआएसम्म शव नबुझ्ने अडान लिएका छन्।

प्रशासनले घटनाको अनुसन्धान सुरु भएको जनाएको छ भने सात सदस्यीय छानबिन समिति गठन गरिएको बताइएको छ। यसैबीच, मानवअधिकारकर्मी र सरोकारवालाले पनि निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...