News Portal

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

६४ पटक

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र युवाहरूको विरोध प्रदर्शन सुरु भएको छ। सरकारको कदमप्रति असन्तुष्टि जनाउँदै उनीहरू सडकमा उत्रिएका हुन्।

प्रदर्शनकारीहरूले सुकुमवासीको आवास अधिकार सुनिश्चित गर्न माग गर्दै ‘डोजर आतंक बन्द गर’ लगायतका नारा लगाइरहेका छन्। साथै, उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अघिल्लो अभिव्यक्ति सम्झाउँदै बस्तीमा आएर साथ दिन आग्रहसमेत गरेका छन्।

प्रधानमन्त्री बालेन शाहले केही दिनअघि सुरक्षा निकायलाई सुकुमवासी बस्ती खाली गराउने निर्देशन दिएपछि प्रशासन सक्रिय बनेको हो। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार थापाथलीसहित शंखमूल, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गराउने प्रक्रिया अघि बढाइएको छ। प्रहरीले ती क्षेत्रमा माइकिङ गर्दै बासिन्दालाई स्थान खाली गर्न सूचना दिएको छ।

सरकारी निर्णयपछि केही परिवारले आफ्नो सामान अन्यत्र सार्न थालेका छन् भने केहीले भने बस्ती नछोड्ने अडान लिएका छन्। राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा भइरहेको यो विरोधलाई माइतीघर मण्डलासम्म विस्तार गर्ने तयारी गरिएको जनाइएको छ।

देशभर ठूलो संख्यामा रहेका भूमिहीन सुकुमवासीको व्यवस्थापन अहिले सरकारका लागि चुनौतीपूर्ण बनेको देखिन्छ।

प्रतिकृया दिनुहोस्

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...